logo

२०८३ कार्तिक ५ बुधबार

विपना, वर्षासहितका कलाकार जुटे ‘बाकस’को शुभमुहूर्तमा, बाबु–छोरी पहिलोपटक एउटै पर्दामा

विपना, वर्षासहितका कलाकार जुटे ‘बाकस’को शुभमुहूर्तमा, बाबु–छोरी पहिलोपटक एउटै पर्दामा

  • kollywood 1
  • मंगलबार, २७ असोज २०८३
91
SHARES
विपना, वर्षासहितका कलाकार जुटे ‘बाकस’को शुभमुहूर्तमा, बाबु–छोरी पहिलोपटक एउटै पर्दामा

नयाँ नेपाली चलचित्र ‘बाकस’को शुभमुहूर्तसँगै यसको निर्माण यात्रा सुरु भएको छ । ललितपुरस्थित बंगलामुखी मन्दिरमा मंगलबार पूजाआजा गर्दै निर्माण पक्षले चलचित्रको शुभमुहूर्त गरेको हो । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको उपस्थिति थियो ।

शुभमुहूर्तमा अभिनेत्री विपना थापा, वर्षा राउत, अभिनेता महेश त्रिपाठी, भोलाराज सापकोटालगायत कलाकार सहभागी भए । नवीन पन्तको निर्देशनमा बन्न लागेको चलचित्रमा यी कलाकारसहित हिउँवाला गौतम, ध्रुव गौतम, रोहित श्रेष्ठ र विमल यादव मुख्य भूमिकामा देखिनेछन् ।

चलचित्रको सबैभन्दा रोचक पक्षमध्ये एक अभिनेता भोलाराज सापकोटा र उनकी छोरी सुपला सापकोटाको सहकार्य हो । सुपला बाल कलाकार हुन् । यस चलचित्रमार्फत बाबु–छोरी पहिलोपटक एउटै पर्दामा देखिने भएका छन् ।

पिके इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रको कथा निर्देशक नवीन पन्त स्वयंले लेखेका हुन् । सुजिता चौलागाईं निर्माता रहेको फिल्ममा राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माता तथा धीरेन्द्र पन्त कार्यकारी निर्माताका रूपमा छन् ।

महेश पौडेलको छायांकन रहने चलचित्रमा दीपक शर्मा र सनम पुरुष राईको संगीत रहनेछ । किरण दाहालले द्वन्द्व निर्देशन र सियोन श्रेष्ठले कोरियोग्राफीको जिम्मेवारी सम्हाल्नेछन् ।

निर्माण पक्षका अनुसार दसैँलगत्तै चलचित्रको छायांकन सुरु गर्ने तयारी छ । कलाकारको आकर्षक जमघट र बाबु–छोरीको पहिलो सहकार्यले ‘बाकस’लाई सुरुवातदेखि नै चर्चामा ल्याएको छ ।


मंगलबार, २७ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go