logo

२०८३ कार्तिक ५ बुधबार

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘मेरो मन चोर्‍यो सुटुक्कै’, दुई दिनमै पाँच लाखभन्दा बढी भ्युज

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘मेरो मन चोर्‍यो सुटुक्कै’, दुई दिनमै पाँच लाखभन्दा बढी भ्युज

  • kollywood 1
  • बुधबार, २८ असोज २०८३
78
SHARES
युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘मेरो मन चोर्‍यो सुटुक्कै’, दुई दिनमै पाँच लाखभन्दा बढी भ्युज

चलचित्र ‘बाटुलो जून’ मा समावेश गीत ‘मेरो मन चोर्‍यो सुटुक्कै’ युट्युबको नेपालतर्फको भिडियो ट्रेन्डिङमा पहिलो स्थानमा पुगेको छ । घटस्थापनाको दिन सार्वजनिक गरिएको गीतले दुई दिनमै पाँच लाखभन्दा बढी पटक हेरिने सफलता हासिल गरेको हो ।

गीतको भिडिओले छोटो समयमै दर्शकको उल्लेख्य साथ पाउँदै ट्रेन्डिङको शीर्ष स्थान ओगटेको निर्माण पक्षले जनाएको छ । निर्माण टोलीले गीतमा प्राप्त भ्युजलाई स्वाभाविक अर्थात् अर्गानिक प्रतिक्रिया भएको दाबी गरेको छ । गीतको लोकप्रियतासँगै चलचित्र ‘बाटुलो जून’ को प्रचारप्रसारसमेत थप तीव्र बनेको छ ।

गीतको भिडिओमा अभिनेता अनमोल केसी र डेब्यु अभिनेत्री प्रिन्सी खतिवडा देखिएका छन् । अनमोल र प्रिन्सीको उपस्थितिले गीतप्रति दर्शकको आकर्षण बढाएको देखिन्छ । यसैबीच, चलचित्रको टिजर पनि युट्युबको चलचित्र विधातर्फको चार्टमा पहिलो स्थानमा रहेको जनाइएको छ ।

भुवन केसीको निर्देशनमा बनेको चलचित्रको लेखन सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले गरेका हुन् । जिया केसी र भविष्य खड्का निर्माता रहेको चलचित्र आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

गीत र टिजरले अनलाइनमा पाएको प्रतिक्रियाले प्रदर्शनअघि नै ‘बाटुलो जून’ प्रति दर्शकको चासो बढाएको छ । अब युट्युबमा देखिएको यो लोकप्रियता चलचित्रको प्रदर्शन र व्यावसायिक सफलतामा कति रूपान्तरण हुन्छ भन्ने प्रतीक्षा गरिएको छ ।


बुधबार, २८ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go