logo

२०८२ असोज ३० बिहिबार

logo
  • बिहिबार, ३० असोज २०८२
  • ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा सुनामी

    ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा सुनामी

    • kollywood_khabar
    • शुक्रबार, २३ कार्तिक २०८१
    3.4K
    SHARES
    ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा सुनामी

    लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा सुनामी ल्याएको छ । प्रदर्शनको दुई दिन हलमा टिक्नै संघर्ष गरेको फिल्म यतिबेला व्यापारिक रुपमा रेकर्ड बनाउने बाटोमा देखिएको छ । गत शनिबारबाट आक्रामक रुपमा अगाडि बढेको फिल्मले एक सातामा ८ करोड २५ लाख ग्रस कमाएको निर्माण कम्पनी सेभेन सिजले दाबी गरेको छ ।दिनहुँ व्यापारमा उछाल कायम गरिरहेको फिल्मले शो संख्यामा भने ऐतिहासिक रेकर्ड बनाएको छ । फिल्मले बिहीबारबाट देशभरका ८९ हलमा ३ सय ८० बढी शो प्राप्त गरेको वितरकले जनाएका छन् । यो नेपाली फिल्मले प्राप्त गरेको हालसम्मकै उच्च शो हो । यसअघि यो रेकर्ड घटस्थापना (असोज १७)मा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’को नाममा थियो, जसले प्रदर्शनको पहिलो दिन ३ सय ४० शो प्राप्त गरेको थियो ।
    एकातिर छठको विदा र अर्कोतिर प्राप्त शोजमा देशभर शतप्रतिशत अकुपेन्सी रहेकाले बिहीबार फिल्मको व्यापार २ करोडमाथि हुने प्रक्षेपण गरिएको थियो । फिल्मको शनिबारसम्म नै बुकिङ आक्रामक देखिएको छ । बिहान ६ बजेदेखि बेलुकाको ११ बजेसम्म शो खुलाउँदा पनि देशभरका हलहरुले दर्शकको माग धान्न सकेका छैनन् । अधिकांश हलमा टिकटको हाहाकार देखिन्छ । फिल्मको आक्रामक गति हेर्दा २० करोडको आँकडा त्यति टाढा देखिँदैन । यसले आगामी रिलिज फिल्मलाई समेत ठूलो समस्या पार्न सक्ने विश्लेषण भइरहेको छ । आगामी हप्ता ‘ह्रस्व दीर्घ’ र ‘केटी हराएको सूचना’ गरी दुई नेपाली फिल्म प्रदर्शनमा आउँदैछन् । ‘पूर्ण बहादुरको सारङ्गी’को चुलिँदो क्रेजका कारण यी दुई फिल्मले पर्याप्त शो पाउनेमा आशंका देखिन्छ ।
    ‘पूर्ण बहादुरको सारङ्गी’ हेर्ने दर्शकहरु हलभित्रै रोएका भिडियो टिकटकजस्ता प्लेटफर्ममा भाइरल हुँदा त्यसले फिल्मको व्यापारमा ठूलो फाइदा पु¥याएको छ । तिनै भिडियोले दर्शकलाई हलसम्म तानिरहेको छ । फिल्मलाई समीक्षा भने मिश्रित मिलेको छ । यद्यपि, अभिनेता विजय बरालको अभिनयको प्रशंसा भइरहेको छ । उनका लागि ‘पूर्ण बहादुरको सारङ्गी’ करिअरको ‘टर्निङ पोइन्ट’ बनेको छ । उनले शीर्ष भूमिकामा काम गरेको यो पहिलो फिल्म हो । फिल्मको उत्साहजनक प्रतिकृया आउन थालेपछी अभिनेता विजय बराल हलहलमा अभिनेत्री तथा फिल्मका अर्का कलाकार प्रकाश सपुतसँग दर्शकसँग भेट्न पुगिरहेका छन ।
    फिल्मका अर्को अभिनेता प्रकाश सपुतले भन्ने फिल्मको निर्माण पक्षसँग सुरुमा असन्तुष्टि पोखेका थिए । उनले फिल्म खेल्दा नै आफ्नो पहिलो निर्देसकिय फिल्म ’बसन्त’ को रिलिज पछीमात्र यो फिल्म रिलिज गर्ने सर्तमा फिल्म खेलेका थिए । तर फिल्म तिहारमा रिलिज हुने कुरा तय भएपछी उनी निर्माण पक्षसँग रुस्ट भएका थिए । उनले केही दिनसम्मा फिल्मको प्रचार समाग्रीलाई पनि वस्ता गरेका थिएनन । तर अहिले फिल्म रिलिज पछी भने उनले आफ्नो यो असन्तुष्टिलाई बिर्सेंर हलमा पुगेर दर्शकहरुसँग रुहिरहेक छन । फिल्मको कथाबस्तुले हलमा रुवाबासी चलिरहेको अवस्था छ । बाबुले छोराको लागि देखेको सपनामा कथाबस्तु केन्द्रित भएकोले दर्शकलाई फिल्म हेरिसकेपछी रुन वाध्य बनाइरहेको छ । जे भये पनि आफुले खेलेको फिल्म हिट भएपछी खुशी हुनु स्वभाविक नै हो प्रकाश सपुतका लागि तर आफ्नो फिल्म रिलिज हुने तये भएपछी निर्माण पक्षसँग मिलेर अगाडि जानु उनको लागि राम्रो हुने थियो ।


    शुक्रबार, २३ कार्तिक २०८१
    सम्बन्धित समाचार
    Go