logo

२०८३ असोज १ बिहिबार

‘झिंगे दाउ २’ मा हाँसोदेखि भावनासम्म, प्रिमियरपछि दर्शकको सकारात्मक प्रतिक्रिया

‘झिंगे दाउ २’ मा हाँसोदेखि भावनासम्म, प्रिमियरपछि दर्शकको सकारात्मक प्रतिक्रिया

  • kollywood 1
  • बिहिबार, १ असोज २०८३
0
SHARES
‘झिंगे दाउ २’ मा हाँसोदेखि भावनासम्म, प्रिमियरपछि दर्शकको सकारात्मक प्रतिक्रिया

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘झिंगे दाउ २’ को प्रिमियरपछि दर्शक तथा चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया आएको छ। बुधबार आयोजित प्रिमियरमा सहभागीहरूले चलचित्रले मनोरञ्जनसँगै पारिवारिक सम्बन्ध र भावनात्मक पक्षलाई प्रस्तुत गरेको बताएका छन्।

चलचित्रमा देउरानी–जेठानीको सम्बन्ध, दाजुभाइबीचको आत्मीयता, आमा–छोराको सम्बन्ध तथा पारिवारिक एकतालाई कथाको प्रमुख आधार बनाइएको छ। सुरुवाती भागमा हास्य र मनोरञ्जनलाई प्राथमिकता दिइए पनि कथाको अन्त्यतिर चलचित्र भावनात्मक बन्दै जाने प्रतिक्रिया प्रिमियरमा सहभागीहरूले दिएका छन्।

अभिनेत्री आँचल शर्माले चलचित्रमा देखाइएका कतिपय पारिवारिक घटना नेपाली समाजमा अझै पनि देखिने गरेको बताइन्। केकी अधिकारीले समय परिवर्तन भए पनि परिवारभित्रका सम्बन्ध र बुहारीका भावनासँग जोडिएका विषय अझै सान्दर्भिक रहेको धारणा राखिन्।

आमाको भूमिकामा रहेकी हिउँवाला गौतमले चलचित्रले अभिभावकप्रतिको सम्मान र पारिवारिक एकताको सन्देश दिने बताइन्। कलाकार किरण केसीले संवेदनशील विषयलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको प्रतिक्रिया दिए भने जयकिशन बस्नेतले चलचित्रले हँसाउनुका साथै अन्त्यतिर भावुक बनाउने बताए।

निर्देशक ज्ञानेन्द्र देउजाले प्रिमियरबाट सकारात्मक प्रतिक्रिया पाए पनि चलचित्रको वास्तविक मूल्याङ्कन प्रदर्शनपछि दर्शकले गर्ने बताएका छन्।

‘झिंगे दाउ २’ शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।


बिहिबार, १ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go