logo

२०८३ असोज १ बिहिबार

सगरमाथा आरोहणको ऐतिहासिक कथा बोकेको ‘तेन्जिङ’को ट्रेलर सार्वजनिक

सगरमाथा आरोहणको ऐतिहासिक कथा बोकेको ‘तेन्जिङ’को ट्रेलर सार्वजनिक

  • kollywood 1
  • बिहिबार, १ असोज २०८३
0
SHARES
सगरमाथा आरोहणको ऐतिहासिक कथा बोकेको ‘तेन्जिङ’को ट्रेलर सार्वजनिक

सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक घटनामा आधारित हलिउड फिल्म **‘तेन्जिङ’**को पहिलो ट्रेलर सार्वजनिक भएको छ। नेपालमा समेत छायांकन गरिएको यो फिल्मले तेन्जिङ नोर्गे, एडमन्ड हिलारी र ब्रिटिस आरोहण टोलीको कठिन यात्रालाई पर्दामा प्रस्तुत गरेको छ।

फिल्ममा जोन हन्टको भूमिकामा विलेम डाफो, एडमन्ड हिलारीका रूपमा टम हिडलस्टन र तेन्जिङ नोर्गेको भूमिकामा गेन्डेन फुन्त्सोक देखिएका छन्।

सन् १९५३ मा सगरमाथाको चुचुरोमा पहिलोपटक सफलतापूर्वक पुग्ने अभियानको नेतृत्व हन्टले गरेका थिए। फिल्मले त्यसअघि लामो समयदेखि हिमाल आरोहणका लागि भएका प्रयास, तेन्जिङको सपना र हिलारीसँग विकसित भएको सहकार्यलाई मुख्य कथाका रूपमा अघि बढाएको छ।

कथामा तेन्जिङले सगरमाथालाई केवल जित्नुपर्ने शिखर नभई पवित्र मातृदेवीका रूपमा हेर्ने दृष्टिकोण पनि प्रस्तुत गरिएको छ। आरोहणका क्रममा फरक संस्कृति, वर्ग र महत्वाकांक्षाबीचको सम्बन्ध तथा आपसी विश्वासलाई समेत फिल्मले समेटेको छ।

अस्ट्रेलियाली निर्देशक जेन्निफर पिडमले निर्देशन गरेको फिल्म यसै महिना टेलुराइड फिल्म फेस्टिभलमा प्रिमियर भएको हो। टोरन्टोमा प्रदर्शन भइरहेको फिल्म सेप्टेम्बर २४ मा जुरिख फिल्म फेस्टिभलको उद्घाटन फिल्मका रूपमा देखाइनेछ।

‘तेन्जिङ’ अक्टोबर ९ देखि हलमा प्रदर्शनमा आउनेछ भने त्यसको एक सातापछि एप्पल टीभीमा स्ट्रिमिङ हुने बताइएको छ।


बिहिबार, १ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go