logo

२०८३ असोज ३० शुक्रबार

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग

234
SHARES
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । मन्त्रालयले बुधबार सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयका अनुसार अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न इच्छुकले असोज ७ गते बुधबारसम्म आवेदन बुझाउनुपर्नेछ । आवेदनका लागि आवश्यक योग्यता, अनुभव तथा अन्य विवरणसमेत मन्त्रालयले सार्वजनिक गरेको छ ।

अध्यक्ष पदका लागि ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, कुनै पनि विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, सम्बर्धन तथा प्रवर्धनका क्षेत्रमा कम्तीमा १० वर्ष निरन्तर काम गरेको नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसअघि अध्यक्षको जिम्मेवारीमा रहेका दिनेशराज दाहालको कार्यकाल समाप्त भएपछि चलचित्र विकास बोर्ड नेतृत्वविहीन बनेको थियो । सोही रिक्त पदमा नयाँ अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।


बिहिबार, १ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go