logo

२०८३ भाद्र २६ शुक्रबार

मिस नेपाल नर्थ अमेरिका २०२६ को प्रतिष्ठित उपाधि दीपिका शर्मा घोषित

मिस नेपाल नर्थ अमेरिका २०२६ को प्रतिष्ठित उपाधि दीपिका शर्मा घोषित

429
SHARES
मिस नेपाल नर्थ अमेरिका २०२६ को प्रतिष्ठित उपाधि दीपिका शर्मा घोषित

मिस नेपाल नर्थ अमेरिका २०२६ को प्रतिष्ठित उपाधि मेरिल्यान्डमा बसोबास गर्दै आएकी दीपिका शर्माले जितेकी छन्। पोखरा स्थायी घर भएकी शर्माले विभिन्न प्रतिस्पर्धीलाई पछि पार्दै यस वर्षको ताज आफ्नो नाममा सुरक्षित गरिन्।

प्रतियोगितामा मिसिगनकी अनामिका श्रेष्ठ प्रथम उपविजेता, साउथ क्यारोलाइनाकी अनामिका खड्गी द्वितीय उपविजेता तथा टेक्सासकी रेश्मा निरौला तृतीय उपविजेताका रूपमा घोषित भए।

अमेरिकाको वासिङ्टन डीसीमा सम्पन्न ग्रान्ड फिनालेमा कुल १६ जना प्रतियोगीबीच कडा प्रतिस्पर्धा भएको थियो। कार्यक्रममा पूर्व मिस नेपाल प्रियंकारानी जोशी, पूर्व मिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाह, पूर्व मिस नेपाल इन्टरनेसनल शुभेच्छा खड्का र कार्यवाहक नेपाली राजदूत शरदराज आरणको विशेष उपस्थिति रहेको थियो।

शैलेन्द्र श्रेष्ठको नेतृत्वमा ड्रीम्स युनिभर्सलले प्रतियोगिताको आयोजना गर्दै आएको हो। आयोजकका अनुसार विजेता तथा उपविजेताहरूलाई नेपाल ल्याई विभिन्न सामाजिक अभियान र जनहितका कार्यक्रमहरूमा सहभागी गराउने योजना पनि अघि सारिएको छ।


सोमबार, ११ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go