logo

२०८३ कार्तिक ११ मंगलबार

‘नौ डाँडा काटेर’ निर्माण गर्ने घोषणा

‘नौ डाँडा काटेर’ निर्माण गर्ने घोषणा

  • kollywood_khabar
  • मंगलबार, ११ कार्तिक २०८३
39
SHARES
‘नौ डाँडा काटेर’ निर्माण गर्ने घोषणा

हास्यप्रधान फिल्म ‘कंगाल करोडपति’को छायांकन अन्तिम चरणमा पुगेसँगै निर्देशक राजु श्रेष्ठले आफ्नो नयाँ फिल्मको तयारी थालेका छन्। दसैंलगत्तै उनले दोस्रो निर्देशन रहने फिल्म ‘नौ डाँडा काटेर’ निर्माण गर्ने घोषणा गरेका हुन्।

यस वर्षको अन्त्यसम्म छायांकन सुरु गर्ने लक्ष्य राखिएको फिल्मको कथावस्तु र कलाकारबारे भने निर्माण पक्षले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

सिनेमा पाठशालाको ब्यानरमा बन्ने फिल्मका निर्माता अनिल कुमार बुढाथोकी हुन्। ईश्वर बल्लभ उप्रेतीले कार्यकारी निर्माताको जिम्मेवारी सम्हाल्नेछन् भने सुरज कुमार लाइन प्रोड्युसरका रूपमा रहनेछन्।

फिल्मको कथा तथा पटकथा रंग पत्रकार रघुनाथ सापकोटाले तयार पार्ने भएका छन्। यसै फिल्ममार्फत उनी पहिलोपटक चलचित्र लेखनमा प्रवेश गर्न लागेका हुन्।

निर्देशक श्रेष्ठका अनुसार ‘कंगाल करोडपति’को छायांकन पूरा भएपछि ‘नौ डाँडा काटेर’का कलाकार, प्राविधिक टोली र प्रदर्शन मितिबारे विस्तृत जानकारी सार्वजनिक गरिनेछ।

सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गर्न लागिएको फिल्मले नेपाली चलचित्र क्षेत्रमा नयाँ र फरक कथा प्रस्तुत गर्ने निर्देशक श्रेष्ठको दाबी छ। दर्शकको रुचि र भावनालाई समेटेर फिल्म तयार पार्ने लक्ष्य राखिएको उनले बताएका छन्।

आफ्नो दोस्रो फिल्ममार्फत दर्शकमाझ फरक पहिचान स्थापित गर्ने लक्ष्यसहित श्रेष्ठ ‘नौ डाँडा काटेर’को तयारीमा जुटेका छन्।


मंगलबार, ११ कार्तिक २०८३
सम्बन्धित समाचार
Go