logo

२०८३ साउन १२ मंगलबार

गायक थानेश्वोर गौतमलाई १० प्रश्न ?

गायक थानेश्वोर गौतमलाई १० प्रश्न ?

  • Pradip
  • मंगलबार, १२ साउन २०८३
143
SHARES
गायक थानेश्वोर गौतमलाई १० प्रश्न ?

१. गजल प्याटर्नका गीतहरू गाए थानेश्वर गौतमले अहिले चाहिँ लोक गीत पनि भ्याइदिए छ । चलचित्र पनि भ्याइदिए छ । यो चाहिँ के हो ? यसलाई हामी भर्सटाइल सिंगरको रूपमा भनौँ अथवा आफूले आफैलाई नचिनेर भौतारिरहेको सिंगर भनौँ ?



यसलाई भौतारेको नभनौँ । किनभने कुनै पनि एउटा धार छ नि समाजमा । एउटा धारलाई मात्रै चल्नुपर्छ लिनुपर्छ भन्ने पनि छैन । म बाग्लुङको माटोमा जन्मेर हुर्केको मान्छे । बाग्लुङको माटोले मलाई कण कणमा लोक गायकको रूपमा लोक संगीत मलाई दिएर पठाएको थियो । त्यहाँको माटोको सुगन्धसँग लोक गीतको भाव जोडिएको छ । अनि मैले अध्ययन गरेँ क्लासिकल शास्त्रीय संगीत । शास्त्रीय संगीत र लोक संगीतलाई संयोजन गर्दा कस्तो हुन्छ भनेर मैले अप्लाई गरेँ । त्यो नै अहिलेको सफलताको मेरो राज हो ।

२. त्यसै भए थानेश्वर गौतमले आफूलाई चिनाउँदा म लोक गायक भन्नुहुन्छ, म गजल गायक भन्नुहुन्छ, म पार्श्व गायक भन्नुहुन्छ अथवा के भन्नुहुन्छ ?

यस्तो छ, मेरा श्रोता दर्शकहरूले “तपाईं गजल नै गाउनुस्” भन्नुहुन्छ । गजल मात्रै गाइदिनुस् भन्नुहुन्छ । मैले सालैजो गाएको छु, खेली गाएको छु, रोइला पनि गाएको छु । चलचित्रको गीत गाउँदा पनि दर्शकहरूले स्वीकारिदिनुभयो । त्यसैले मलाई एउटा मात्र परिचयमा बाँध्न गाह्रो हुन्छ ।

३. यो रिस्क होइन ? कुनै एउटा प्याटर्नलाई फलो नगरीडिफ्रेण्ट प्याटर्नमा आउनु भनेको त करियरको हिसाबले रिस्क हो के ?

रिस्क होइन । यो ट्यालेन्टको विषय पनि हो । क्लासिकल गाउने मान्छेले लोक गीत गाउनु एकदम जटिल विषय हो । लोक संगीत र शास्त्रीय संगीतको संयमता बनाउनु भनेको छुट्टै खुबी हो । दर्शकहरू जता जता ताली बजाइरहेका छन्, मैले त्यही अनुसार गीत गाएको हुँ ।

४. दर्शकले थानेश्वर गौतममा के कुरालाई मन पराए ? तपाईंको सिर्जना, गायन, टोन अथवा यी भन्दा बढी केलाई मन पराए ?

मलाई लाग्छ सबैभन्दा ठूलो औरा हो । संगीतमा सबैले राम्रो गाउनुहुन्छ, सबैको राम्रो आवाज लाग्छ । तर मैले समाजमा देखेका कुरा, आमाबुवाले गरेका संघर्ष, समाजले गरेका संघर्ष मेरो संगीतमा आउँछन् । कुनै बनावटी नगरी आफ्नै शैलीमा गाउने प्रयास गर्छु । त्यही भाव र फरकपन मन पराइयो जस्तो लाग्छ ।

५. थानेश्वर चाहिँ केले गर्दा चर्चा पायो ? टोनले हो अथवा तपाईंको सिर्जनाले ?

टोन पनि हो, सिर्जना पनि हो । अहिले त थानेश्वर गौतमको टोनलाई चलचित्रभित्र लिनका लागि मेकरहरू पनि पछि लाग्न थाले । सबैजनाको माया मिसिएको छ । सबैजनाले डिमान्ड गर्नुभएको छ ।

६. महिनामा बढीमा कति सम्म कमाउनु भएको छ र कम्तीमा अहिलेको रेञ्ज कस्तो छ ?

कहिले २०–३० लाख पनि कमाइएको होला । कहिले एक–दुई लाख पनि भएको होला । कहिले कार्यक्रम नहुँदा नहुन पनि सक्छ । अहिले चाहिँ युट्युब, स्टेज कार्यक्रम सबै जोड्दा सामान्यतया पाँच, सात, आठ, दस लाखसम्म महिनामा आउँछ ।

७. यो सफलताको क्रेडिट कसलाई सेयर गर्नु पर्यो भने ?

सबैभन्दा पहिला त मेरो आमाबुवालाई सम्झिन्छु । उहाँहरूले मलाई यो संसारमा ल्याएर हुर्काउनुभयो । त्यसपछि मेरो संघर्ष, मेरा संगीतप्रेमीहरू, मेरो आवाज मन पराइदिने सबै श्रोता दर्शक र ज्ञात–अज्ञात रूपमा साथ दिने सबैलाई सम्झिन चाहन्छु ।

८. स्ट्रगल फेज कस्तो रह्यो थानेश्वर सर ?

स्ट्रगल त धेरै भयो । बानेश्वरमा संगीत सिक्दै गर्दा कति एक्सरो कपडा लगाएर हिँडियो होला । ट्याक्सी चढ्ने पैसा हुँदैनथ्यो । कति रात भोकै सुतेका छौँ । स्टोभमा तेल हाल्ने पैसा पनि हुँदैनथ्यो । किताबसमेत बेचेका कथाहरू छन् । संगीत रोजेर गलत गरेँ कि भन्ने पनि लाग्थ्यो । तर भित्रको मनले संघर्ष गर्नुपर्छ भनेर सधैँ हौस्यायो ।

९. फ्यामिली सपोर्ट ?

एकदमै सपोर्ट । फ्यामिलीको सपोर्ट बिना सम्भव नै छैन । गाउँमा रेडियो बोकेर गीत गाउँथेँ । आमा सुनेर रुनुहुन्थ्यो । मेरो छोरोले के गरेर खान्छ होला भन्ने चिन्ता गर्नुहुन्थ्यो । एसएलसीपछि मैले संगीत सिक्छु भनेर जिद्दी गरेँ । बुवाआमाले मेरो सपना नकार्नुभएन ।

१०. अहिले ममीलाई कसरी मिस गर्नुहुन्छ ? अनि बुवाले के भन्नुहुन्छ ?

आमा त मैले संघर्षकै क्रममा गुमाएँ । जुन कुरा आमालाई देखाउन चाहन्थेँ, त्यो देखाउन सकिनँ । बुवा भने खुसी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तेरो कारणले पनि मलाई थानेश्वरको बुवा भनेर चिन्छन् । गर्व लाग्छ । कसैको पनि, मेरो पनि शिर झुकाउने काम नगरेस् ।” हामीलाई बुवाआमाले सिकाएको इमान्दारिता र संघर्ष नै आजसम्मको सबैभन्दा ठूलो सम्पत्ति हो ।


मंगलबार, १२ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go