logo

२०८३ साउन २७ बुधबार

अशोक दर्जी माथि हातपातको भिडियो निर्माण गरी भाइरल

अशोक दर्जी माथि हातपातको भिडियो निर्माण गरी भाइरल

468
SHARES
अशोक दर्जी माथि हातपातको भिडियो निर्माण गरी भाइरल
    गायक तथा कलाकार अशोक दर्जीले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा फैलाइएको भिडियोले आफ्नो प्रतिष्ठा र भविष्यमा गम्भीर असर परेको भन्दै कानुनी उपचारको बाटो रोजेका छन्।



    उनले इलाका प्रहरी कार्यालय अनारमनी, झापामा निवेदन दर्ता गर्दै आफूलाई बदनाम गर्ने नियतले भिडियो निर्माण गरी भाइरल बनाइएको दाबी गरेका छन्। घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न उनले प्रहरीसँग माग गरेका छन्।

    उजुरीअनुसार करिब एक साताअघि दुई जना व्यक्ति आएर आफूलाई ‘चोर’ भन्दै कुटपिट गरेका थिए। सो क्रममा उनीहरूले भिडियोसमेत खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको अशोकको आरोप छ।

    अशोकका अनुसार भिडियोमा आफूले हजार रुपैयाँ चोरी गरेको आरोप डलगाइएको थियो। उनले पटक–पटक उक्त भिडियो हटाइदिन अनुरोध गरे पनि सम्बन्धित व्यक्तिहरूले बेवास्ता गरेको उल्लेख गरेका छन्।

    उक्त घटनाबारे उजुरी प्राप्त भएको पुष्टि गर्दै झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइसकेको जानकारी दिएकी छन्।


सोमबार, ११ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go