logo

२०८३ भाद्र २३ मंगलबार

चार मिनेटको क्लिप टिकटकमा अपलोड, ‘महाराजधिराज’ टिमको ५१ लाख दाबी

चार मिनेटको क्लिप टिकटकमा अपलोड, ‘महाराजधिराज’ टिमको ५१ लाख दाबी

  • kollywood 1
  • सोमबार, ११ साउन २०८३
468
SHARES
चार मिनेटको क्लिप टिकटकमा अपलोड, ‘महाराजधिराज’ टिमको ५१ लाख दाबी

फिल्म ‘महाराजधिराज’ को छायांकनका क्रममा खिचिएको चार मिनेटको भिडिओ टिकटकमा सार्वजनिक गरेको आरोपमा निर्माण टिमले स्पटब्वायविरुद्ध कानुनी प्रक्रिया अघि बढाएको छ । निर्माण पक्षले ५१ लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको हो ।

निर्माण टिमका अनुसार मोबाइलबाट छायांकनको भिडिओ खिचेर टिकटकमा अपलोड गरिएपछि फिल्मको कथावस्तु र गोपनीयता भंग भएको छ । उक्त घटनाका कारण ६ दिनको छायांकन खेर गएको र पुनः छायांकन गर्नुपर्दा ५१ लाख रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको दाबी गरिएको छ । सोही रकम स्पटब्वायबाट असुल गर्न माग गरिएको छ ।

निर्माण टिमका तर्फबाट नेत्रबहादुर विष्टले साउन ५ गते जिल्ला प्रहरी कार्यालय काठमाडौंमा स्पटब्वाय सुदीप भनेर चिनिने २७ वर्षीय मनोज अधिकारीविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले अधिकारीलाई पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा अधिकारीले एक मिनेट २० सेकेन्डका तीन वटा क्लिप जोडेर टिकटकमा अपलोड गरेको स्वीकार गरेका छन् । उनले निर्माण टिमको आग्रहपछि भिडिओ करिब १० मिनेटभित्रै हटाएको पनि बताएका छन् । हाल टिकटकमा उक्त भिडिओ उपलब्ध छैन ।

प्रहरीले निर्माण टिमको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत साउन ६ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । साउन ७ गते न्यायाधीश मावधप्रसाद सुवेदीको इजलासमा सुनुवाइ भएपछि अदालतको आदेशअनुसार अधिकारी सोही दिन रिहा भएका थिए ।

अधिकारीविरुद्ध विद्युतीय कारोबार ऐन, २०८३ को दफा ४८ उपदफा (१) अन्तर्गत गोपनीयता भंगको कसुरमा सजाय माग गरिएको छ । उक्त मुद्दा हाल जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको छ ।


सोमबार, ११ साउन २०८३
सम्बन्धित समाचार
Go