logo

२०८३ भाद्र ७ आइतबार

‘टक्सिक : ए फेयरी टेल फर ग्रोन-अप्स’को ट्रेलर सार्वजनिक

‘टक्सिक : ए फेयरी टेल फर ग्रोन-अप्स’को ट्रेलर सार्वजनिक

273
SHARES
‘टक्सिक : ए फेयरी टेल फर ग्रोन-अप्स’को ट्रेलर सार्वजनिक

कन्नड अभिनेता यशको चर्चित आगामी फिल्म ‘टक्सिक : ए फेयरी टेल फर ग्रोन-अप्स’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार एकसाथ पाँच भाषामा रिलिज गरिएको करिब पाँच मिनेट लामो ट्रेलरले फिल्मप्रतिको उत्सुकता थप बढाएको छ ।



ट्रेलरमा यशलाई स्टाइलिस ग्याङ्स्टर अवतारमा प्रस्तुत गरिएको छ । उनको व्यक्तित्व, लुक्स र पर्दामा देखिएको प्रभावशाली उपस्थितिले दर्शकको ध्यान तान्ने काम गरेको छ । यद्यपि, ट्रेलरले फिल्मको मुख्य कथावस्तु भने गोप्य नै राखेको छ ।

यसको सबैभन्दा बलियो पक्ष भव्य मेकिङ, सिनेमाटोग्राफी र एक्सन प्रस्तुति देखिन्छ । तीव्र गतिमा अघि बढ्ने दृश्य, डार्क टोन र प्रभावशाली पार्श्व ध्वनीमार्फत निर्माण टिमले ठूलो स्केलको सिनेमाको अनुभूति गराउने प्रयास गरेको छ । तर, ट्रेलरमा भावनात्मक गहिराइ र कथा–पात्रबीचको सम्बन्ध स्पष्ट रूपमा महसुस हुन नसकेको प्रतिक्रिया पनि आउन थालेको छ । यसले कतै दृश्यात्मक भव्यतामार्फत कथाको कमजोर पक्ष ढाक्ने प्रयास गरिएको त होइन भन्ने प्रश्न उठाएको छ ।

फिल्ममा यशसँगै नयनतारा, कियारा आडवाणी, हुमा कुरैसी, तारा सुतारियारुक्मिणी वसन्तको पनि महत्वपूर्ण भूमिका रहेको छ । तर, ट्रेलरले यी अभिनेत्रीहरूको पात्र र उनीहरूको कथामा रहेको भूमिकाबारे धेरै जानकारी दिएको छैन ।

ट्रेलरले भने एउटा महत्वपूर्ण संकेत दिएको छ — यशको दोहोरो भूमिका । एक दृश्यमा उनी आफैंले निभाएका दुई फरक पात्र आमनेसामने भएको देखिन्छ, जसले फिल्ममा रहस्य र द्वन्द्वको तत्व थपिएको अनुमान गर्न सकिन्छ ।

फिल्म २६ अगस्ट (भदौ १०)मा विश्वव्यापी प्रदर्शनको तयारीमा छ । यसको लेखन तथा निर्देशन गीतु मोहनदासले गरेकी हुन् । उनले यसअघि हिन्दी फिल्म ‘लायर्स डाइस’मलयालम फिल्म ‘मूथोन’ निर्देशन गरेर प्रशंसा बटुलेकी थिइन् ।

विशेष कुरा के भने, यश स्वयं फिल्मका निर्माता पनि हुन् । उनको कम्पनी मोन्स्टर माइन्ड क्रिएसन्सले निर्माण गरेको यो फिल्मलाई भारतीय सिनेमाको अर्को ठूलो प्यान–इन्डिया परियोजनाका रूपमा हेरिएको छ ।


सोमबार, २५ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go