logo

२०८३ भाद्र २७ शनिबार

‘गौँथली’को बक्स अफिसमा दबदबा, २५ करोड नाघ्यो कमाइ

‘गौँथली’को बक्स अफिसमा दबदबा, २५ करोड नाघ्यो कमाइ

  • kollywood 1
  • सोमबार, १५ भाद्र २०८३
195
SHARES
‘गौँथली’को बक्स अफिसमा दबदबा, २५ करोड नाघ्यो कमाइ

नेपाली फिल्म ‘गौँथली’ले बक्स अफिसमा आफ्नो दबदबा कायमै राखेको छ । चलचित्र विकास बोर्डको पछिल्लो तथ्यांकअनुसार फिल्मले २५ करोड ६८ लाख ६२ हजार रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ ।

साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्म ९ लाख ३१ हजार ६२७ दर्शकले हेरेका छन् । योसँगै ‘गौँथली’ नेपाली फिल्ममध्ये सर्वाधिक कमाउने सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । यसअघि दोस्रो स्थानमा रहेको ‘कबड्डी–४’लाई पछि पार्दै ‘गौँथली’ले नयाँ रेकर्ड बनाएको हो । पहिलो स्थानमा भने ‘पूर्णबहादुरको सारङ्गी’ रहेको छ ।

डा. कपिल रिजाल निर्देशित फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहेको छ ।


सोमबार, १५ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go