logo

२०८३ भाद्र २६ शुक्रबार

शुक्रबारदेखि देशभर ‘बेहुली’ र ‘पेन्सन पट्टा’ प्रदर्शनमा, ‘अक्षरा’को प्रदर्शन मिति सर्‍यो

शुक्रबारदेखि देशभर ‘बेहुली’ र ‘पेन्सन पट्टा’ प्रदर्शनमा, ‘अक्षरा’को प्रदर्शन मिति सर्‍यो

  • kollywood 1
  • शुक्रबार, २६ भाद्र २०८३
26
SHARES
शुक्रबारदेखि देशभर ‘बेहुली’ र ‘पेन्सन पट्टा’ प्रदर्शनमा, ‘अक्षरा’को प्रदर्शन मिति सर्‍यो

शुक्रबारदेखि देशभर दुई नेपाली चलचित्र ‘बेहुली’ र ‘पेन्सन पट्टा’ प्रदर्शनमा आएका छन् । तीजको छेकोमा एकैदिन प्रदर्शनमा आएका यी दुई चलचित्रले नेपाली चलचित्र बजारमा प्रतिस्पर्धा बढाएका छन् । यसअघि यही मितिमा प्रदर्शन हुने भनिएको चलचित्र ‘अक्षरा’ भने अन्तिम समयमा प्रदर्शनबाट पछि हटेको छ ।

सशान कँडेल निर्देशित ‘बेहुली’मा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङलगायत कलाकारको अभिनय रहेको छ । प्रेम, सम्बन्ध र पारिवारिक भावनालाई केन्द्रमा राखिएको चलचित्रलाई नयाँ पुस्ताका दर्शक लक्षित चलचित्रका रूपमा हेरिएको छ । चलचित्रका गीतले यसअघि नै दर्शकमाझ चर्चा पाइसकेका छन् ।

यस्तै, माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ पनि शुक्रबारदेखि नै देशभर प्रदर्शनमा आएको छ । चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राईलगायत कलाकारको अभिनय छ । भूपू लाहुरेको परिवार, पेन्सनसँग जोडिएका समस्या, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र भावनात्मक संघर्षलाई चलचित्रले कथाको विषय बनाएको छ ।

एकैदिन प्रदर्शनमा आएका ‘बेहुली’ र ‘पेन्सन पट्टा’मध्ये एउटा प्रेम तथा सम्बन्धको कथामा केन्द्रित छ भने अर्को पारिवारिक र सामाजिक विषयवस्तुमा आधारित छ । तीजको समय भएकाले दुवै चलचित्रले दर्शकको साथ पाउने अपेक्षा निर्माण पक्षले गरेका छन् ।

यता विनयराज पौडेल निर्देशित चलचित्र ‘अक्षरा’को प्रदर्शन मिति भने सरेको छ । यसअघि भदौ २६ गते प्रदर्शन हुने भनिएको चलचित्र अब मंसिर २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति सरेसँगै शुक्रबारदेखि नेपाली चलचित्रतर्फ ‘बेहुली’ र ‘पेन्सन पट्टा’ले मात्रै हलमा आफ्नो उपस्थिति जनाएका छन् ।


शुक्रबार, २६ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go