logo

२०८३ भाद्र २६ शुक्रबार

‘जदौ’को नयाँ गीत सार्वजनिक

‘जदौ’को नयाँ गीत सार्वजनिक

208
SHARES
‘जदौ’को नयाँ गीत सार्वजनिक

असोज ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जदौ’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिमीसँग नबोली’ बोलको रोमान्टिक गीतले प्रेममा रहेका युवा–युवतीको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरेको छ ।

‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेर र मनिषा सुनारको स्वर रहेको गीतमा गोपाल लोहारको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीति शाह र प्रभात पाल ठकुरीलाई प्रेमिल अवतारमा प्रस्तुत गरिएको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा नीति र प्रभातको केमेस्ट्रीसँगै आकर्षक लोकेशन र छायांकनलाई विशेष रूपमा देखाइएको छ । निर्माण पक्षका अनुसार फिल्मको कथालाई अगाडि बढाउन यो गीतलाई कथावाचनकै एउटा माध्यमका रूपमा प्रयोग गरिएको छ । यसअघि फिल्मको ‘जदौ हजुर’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्ममा नीति र प्रभातसँगै मुकुन भुसाल, ऋचा शर्मा, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, खड्ग बहादुर पुन मगर, सुन्दर धिताल, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा र रोहित कार्कीलगायत कलाकारको अभिनय छ ।

फिल्मको कथा, पटकथा तथा संवाद काजी लिम्बूले तयार पारेका हुन् । सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको फिल्ममा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन तथा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको फिल्ममा मनोज चौलागाईंको पार्श्व संगीत तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको छ । ‘जदौ’ अन्तरजातीय प्रेमकथामा आधारित फिल्मका रूपमा निर्माण गरिएको हो ।


सोमबार, २२ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go