न्यान्सी खड्का र सुशील सिटौलाको मुख्य अभिनय रहेको नेपाली फिल्म ‘अक्षरा’ले सेन्सर बोर्डबाट युनिभर्सल प्रमाणपत्र पाएको छ । प्रमाणपत्र पाएसँगै फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् ।
विनयराज पौडेलको निर्देशनमा बनेको फिल्मले अभिभावकले सन्तानको इच्छाविपरीत विवाह गराउँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसको सामाजिक प्रभावलाई कथाको केन्द्रमा राखेको छ । फिल्म आगामी शुक्रबारदेखि प्रदर्शनमा आउनेछ ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित फिल्ममा सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारीलगायत कलाकारको अभिनय छ । उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता तथा सोनी थापा प्रस्तुतकर्ता हुन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd