जेनजी आन्दोलनका क्रममा विभिन्न गतिविधि र अभिव्यक्तिका कारण नेपाली कला क्षेत्रका केही चर्चित कलाकार विवादमा तानिए । आन्दोलनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी भएका कलाकारका तस्बिर, भिडियो तथा अभिव्यक्ति सार्वजनिक भएपछि उनीहरूले सामाजिक सञ्जालमा आलोचनासमेत खेप्नुपर्यो ।
फिल्म निर्देशक निश्चल बस्नेत संसद् भवनअगाडि खिचेको सेल्फीका कारण विवादमा आए । अभिनेत्री स्वस्तिमा खड्का पनि आन्दोलनसँग जोडिएका कारण सामाजिक सञ्जालमा आलोचित भइन् । अभिनेता दीपकराज गिरी जलेको कांग्रेस नेता विमलेन्द्र निधिको घरअगाडि देखिएको तस्बिरका कारण आलोचनामा परे ।
त्यस्तै, निर्देशक अमनप्रताप अधिकारी आन्दोलनका क्रममा संसद् भवनतर्फ ढुंगामुढा र नाराबाजी गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिए । गायक चेतन सापकोटा सिंहदरबारभित्र देखिएको तस्बिरका कारण आलोचित भए भने गायिका सुस्मिता क्षत्री शीतल निवासमा आगलागी भइरहेका बेला बनाएको भिडियोका कारण विवादमा परिन् ।
वरिष्ठ पाइलट तथा अभिनेता विजय लामा पनि जलिरहेको युलेन्स स्कुलअगाडि खिचिएको तस्बिरका कारण आलोचनामा आए । आन्दोलनपछि गायक तथा फिल्म निर्माता रामकृष्ण ढकालले रवि लामिछानेलाई नक्खु कारागारबाट बाहिर निकाल्दा आफूले गाडीमा राखेर सुरक्षित स्थानमा पुर्याएको दाबी गरेपछि थप विवाद सिर्जना भएको थियो ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd