logo

२०८३ भाद्र २६ शुक्रबार

यशको ‘टक्सिक’को कमाइमा निरन्तर गिरावट

यशको ‘टक्सिक’को कमाइमा निरन्तर गिरावट

  • kollywood 1
  • बुधबार, २४ भाद्र २०८३
325
SHARES
यशको ‘टक्सिक’को कमाइमा निरन्तर गिरावट

कन्नड अभिनेता यश अभिनीत फिल्म ‘टक्सिक : ए फेयरी टेल फर ग्रोन–अप्स’ले प्रदर्शनको दोस्रो साता पूरा गर्दा बक्स अफिसमा अपेक्षाकृत कमजोर प्रदर्शन गरिरहेको छ । अगस्ट २६ मा रिलिज भएको फिल्मले पहिलो दिन भारतमा १०१ करोड १० लाख भारुको ओपनिङ गरे पनि त्यसपछि कमाइमा निरन्तर कमी आएको हो ।

१४औँ दिन फिल्मले भारतमा करिब ६९ लाख भारु नेट कमाएको प्रारम्भिक तथ्यांक छ । योसँगै भारतमा फिल्मको कुल नेट कलेक्सन २४७ करोड १९ लाख भारु पुगेको छ भने विश्वव्यापी ग्रस कमाइ करिब ३३८ करोड ३२ लाख भारु रहेको छ ।

गीतु मोहनदास निर्देशित फिल्ममा यशसँगै कियारा आडवाणी, नयनतारा, हुमा कुरैशी, तारा सुतारिया र रुक्मिणी वसन्तको अभिनय छ । फिल्मको कथा स्वतन्त्रतापछिको गोवाको पृष्ठभूमिमा आधारित छ ।


बुधबार, २४ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go