logo

२०८३ भाद्र २६ शुक्रबार

धुर्मुस–सुन्तलीको नयाँ हास्य सिरियल शुक्रबारदेखि

धुर्मुस–सुन्तलीको नयाँ हास्य सिरियल शुक्रबारदेखि

  • kollywood 1
  • बिहिबार, २५ भाद्र २०८३
117
SHARES
धुर्मुस–सुन्तलीको नयाँ हास्य सिरियल शुक्रबारदेखि

हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट निर्माण गरेको नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ शुक्रबारदेखि प्रसारण हुने भएको छ । बाढीका कारण यसअघि तय भएको प्रसारण रोकिएपछि सिरियल भदौ २६ गतेदेखि नियमित प्रसारणमा आउन लागेको हो ।

धुर्मुस–सुन्तली मिडियाले निर्माण गरेको सिरियल हरेक शुक्रबार नेपाली समय बेलुका ८ः१५ बजे उनीहरूको युट्युब च्यानलबाट प्रसारण हुनेछ । अमेरिकामा भने बिहान १०ः३० बजे हेर्न सकिनेछ । नर्थ क्यारोलिनाका विभिन्न स्थानमा छायांकन गरिएको सिरियलमा धुर्मुस–सुन्तलीसँगै मोहन मिश्र, दिनेश कार्की, शंकरराज वाग्ले, संयम लामिछाने, मनिका चौलागाईंलगायत कलाकारको अभिनय छ ।

सिरियलमा अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्ष, अवसर, सफलता, चुनौती र प्रवासी जीवनका सामाजिक तथा सांस्कृतिक पक्षलाई हास्यव्यंग्यको शैलीमा प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ । यसै सिरियलमार्फत धुर्मुस–सुन्तलीकी छोरी सुबिहानी कट्टेलले बाल कलाकारका रूपमा अभिनय यात्रा सुरु गरेकी छन् ।


बिहिबार, २५ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go