logo

२०८३ भाद्र २९ सोमबार

दीपाश्री निरौला पुनः काममा फर्किइन

दीपाश्री निरौला पुनः काममा फर्किइन

0
SHARES
दीपाश्री निरौला पुनः काममा फर्किइन

झण्डै दुई महिनाको उपचार र स्वास्थ्य लाभपछि निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला पुनः काममा फर्किएकी छन्। चिकित्सकको सल्लाहअनुसार स्वास्थ्यमा सुधार आएपछि उनी यसैसाता आफ्नो नियमित काममा फर्किएकी हुन्।

काममा फर्किएसँगै दीपाश्री टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’को छायांकनमा सहभागी भएकी छन्। लामो समयपछि सेटमा पुगेकी उनलाई कार्यक्रमका कलाकार तथा टिमले फूलको गुच्छा दिएर स्वागत गरेका थिए।

सेटमा फर्किएपछि दीपाश्री निकै प्रफुल्ल देखिएकी थिइन्। उनको पुनरागमनले कार्यक्रमको टिमसँगै उनका शुभेच्छुकमा पनि खुसी थपिएको छ।

टेलिभिजन कार्यक्रमसँगै दीपाश्री चलचित्रका काममा समेत सक्रिय हुन थालेकी छन्। उनी ‘छ माया छपक्कै २’ र ‘पाँच पाण्डव’को डबिङ कार्यमा सहभागी भइरहेकी छन्।

असारको अन्त्यतिर दीपाश्रीको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको थियो। त्यसपछि चिकित्सकीय निगरानी र आराममा रहेकी उनी स्वास्थ्यमा सुधार आएपछि पुनः व्यावसायिक काममा फर्किएकी हुन्।

दीपाश्रीको काममा फर्किएको खबरसँगै उनका प्रशंसक तथा शुभेच्छुकले सामाजिक सञ्जालमार्फत थप स्वास्थ्यलाभको कामना गरिरहेका छन्।


सोमबार, २९ भाद्र २०८३
सम्बन्धित समाचार
Go