logo

२०८३ असोज २ शुक्रबार

‘चंगुल’को ट्रेलर सार्वजनिक, असोज १६ देखि प्रदर्शन हुने

‘चंगुल’को ट्रेलर सार्वजनिक, असोज १६ देखि प्रदर्शन हुने

  • kollywood 1
  • शुक्रबार, २ असोज २०८३
13
SHARES
‘चंगुल’को ट्रेलर सार्वजनिक, असोज १६ देखि प्रदर्शन हुने

नेपाली चलचित्र ‘चंगुल’को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा पछिल्लो समय देशमा देखिएको राजनीतिक परिवर्तन र सामाजिक घटनाक्रमलाई कथाको मुख्य विषय बनाइएको छ ।

ट्रेलरमा चर्चामा रहेको जेन्जी आन्दोलनको झल्कोसहित राजनीतिक तथा सामाजिक परिवेशलाई प्रस्तुत गरिएको छ । समसामयिक घटनाक्रमलाई फरक शैलीमा कथामा समेटिएको निर्माण पक्षले जनाएको छ ।

यसअघि चलचित्रको टिजर जेन्जी स्मृति सभाका क्रममा सार्वजनिक गरिएको थियो । चलचित्रको निर्माण पक्षले प्रदर्शनबाट प्राप्त नाफाको केही हिस्सा जेन्जी आन्दोलनका घाइतेलाई सहयोग गर्ने र बाढीपीडितका लागि समेत रकम छुट्याउने घोषणा गरेको छ ।

मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल र रोहित ढुंगानालगायत कलाकारको अभिनय रहेको छ । बालकलाकार रिम्शा कार्कीको समेत चलचित्रमा अभिनय छ ।

चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीले संगीत दिएका छन् । देव महर्जनले द्वन्द्व निर्देशन गरेको चलचित्रको छायांकन तथा सम्पादन दीपेन बस्न्यातले गरेका हुन् ।

निर्माण पक्षका अनुसार ‘चंगुल’ असोज १६ गतेदेखि सिनेमा हलमा प्रदर्शनमा आउनेछ ।


शुक्रबार, २ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go