logo

२०८३ असोज २ शुक्रबार

तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा

तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा

  • kollywood 1
  • शुक्रबार, २ असोज २०८३
26
SHARES
तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा

नेपाली चलचित्र क्षेत्रमा आजदेखि तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । ‘झिंगे दाउ–२’, ‘कार्की साइँला’ र ‘माया बस्छ कि के हो!’ एकैपटक देशभरका विभिन्न सिनेमा हलमा लागेका हुन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको ‘झिंगे दाउ–२’ पारिवारिक कथामा आधारित चलचित्र हो । यो चार वर्षअघि प्रदर्शनमा आएको ‘झिंगे दाउ’को दोस्रो श्रृंखला हो । चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट र आर्यन सिग्देललगायत कलाकारको अभिनय रहेको छ । परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रको लेखनमा गोविन्द फुयाँल र शिशिर चालिसे पनि संलग्न छन् ।

त्यस्तै, राजेन्द्र बस्नेतको निर्देशनमा बनेको ‘कार्की साइँला’मा जितु नेपाल र प्रियना आचार्य मुख्य भूमिकामा छन् । चलचित्रले भारी बोक्ने भरियाको जीवन, गाउँमा हुने हेपाइ तथा दोस्रो विवाहसँग जोडिएको सामाजिक कथालाई प्रस्तुत गरेको छ । डम्बर राईको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पारेका हुन् ।

राजु अधिकारी निर्देशित ‘माया बस्छ कि के हो!’ले भने अध्ययन तथा रोजगारीका लागि युरोप पुगेका युवायुवतीको जीवनलाई कथाको आधार बनाएको छ । चलचित्रमा उनीहरूबीचको प्रेम, समर्पण र आपसी मतभेदलाई प्रस्तुत गरिएको छ । सोनाल लामा र कस्मता निरौला चलचित्रका मुख्य कलाकार हुन् ।

प्रदर्शनमा आएका तीन चलचित्रमध्ये ‘झिंगे दाउ–२’ र ‘कार्की साइँला’ले तुलनात्मक रूपमा धेरै प्रदर्शन अवसर पाएका छन् । ‘माया बस्छ कि के हो!’ भने सीमित सिनेमा हलमा प्रदर्शनमा आएको छ । चलचित्रको दर्शक प्रतिक्रिया र व्यापारिक अवस्था आगामी दिनमा स्पष्ट हुँदै जानेछ ।


शुक्रबार, २ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go