logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • वुलाकीको ट्रेलर सार्वजनिक

    वुलाकीको ट्रेलर सार्वजनिक

    1.1K
    SHARES
    वुलाकीको ट्रेलर सार्वजनिक

    फिल्म वुलाकी गत वर्षको वैसाखमा रिलिज गरिएको थियो । प्रदर्शनमा आएको ‘जारी’का कारण पर्याप्त शोज नपाएपछि रिलिज भएको दुई दिनमै हलबाट उतारेका थिए ।
    अब यही साउन ३२ गतेबाट फिल्मलाई रिलिज गरिँदैछ । हालैमात्र फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा विवाहेत्तर सम्बन्धलाई देखाइएको छ ।
    रोजगारीका लागि गएका श्रीमान् (नरेन खड्का)को पखाईमा बसेकी हिरा (सुरक्षा पन्त) को एक युवक (विराज विष्ट) सँग प्रेम बस्छ । र, उनीहरुले भागेर विवाह गर्छन् । त्यसपछि पूर्व श्रीमानले जारी ९पहिलो श्रीमानले श्रीमतीलाई सम्पत्ति सोचेर अर्कोले चोरेबापतको क्षतिपूर्ति० तिराएको विषयलाई ट्रेलरमा समेटिएको छ । र, कर्णालीको ग्रामीण जीवन र महिलाको दुःखलाई पनि ट्रेलरले देखाउँछ ।
    लक्ष्मण सुनारले निर्देशन गरेको यो फिल्ममा रमेश बुढाथोकी, लक्ष्मी गिरी, सुशील पोखरेल, सोनु सेढाइ, प्रकाश कँडेल लगायतको पनि अभिनय रहेको छ । टोपेन्द्र विष्ट निर्माता र शिवराज पौडेलले निर्माण गरेको यो फिल्ममा शिव ढकालको छायांकन, राजबहादुर सानेको लेखन तथा चलचित्र चौतारीको सम्पादन रहेको छ ।




    मंगलबार, २२ साउन २०८१
    सम्बन्धित समाचार
    Go