logo

२०८१ फाल्गुन ५ सोमबार

logo
  • सोमबार, ५ फाल्गुन २०८१
  • ‘ह्रस्व दीर्घ’ बुधबार ट्रेलर सार्वजनिक

    ‘ह्रस्व दीर्घ’ बुधबार ट्रेलर सार्वजनिक

    • kollywood_khabar
    • शुक्रबार, २३ कार्तिक २०८१
    1.4K
    SHARES
    ‘ह्रस्व दीर्घ’ बुधबार ट्रेलर सार्वजनिक

    आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा फिल्म ‘ह्रस्व दीर्घ’ बुधबार ट्रेलर सार्वजनिक गरिएको छ । नेपाली र दक्षिण भारतीय कलाकारलाई लिएर निर्माण गरिएको हुनाले यो फिल्म राम्रो चर्चा भयिरहेको छ । ट्रेलरमा प्रेम र विछोडको साथसाथै एक्सन र कमेडीको समिश्रण छ । अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको प्रेम सम्बन्धमा आउने उतार–चढावमा नै फिल्मको कथावस्तु केन्द्रित छ । देवधाममा राज गरेका बसेका महामन्थ (प्रदीप रावत)की छोरी नारायणी (नीता)सँग हरि (हरिहर)को प्रेम जुर्मुराएको छ । तर, हरिहरको गरिमा शर्मासँग पनि प्रेम रहेको नारायणीले थाहा पाइसकेपछी उत्पन्न परिस्थितिलाई ट्रेलरमा समेटिएको छ । हरिहर रोमान्टिक र एक्सन अवतारमा प्रस्तुत छन् । कमर्शियल शैलीमा तयार पारिएको ट्रेलरको मेकिङ हेर्दा फिल्मको मेकिङ क्वालिटी उच्च देखिन्छ । अभिनेत्री विपना थापाले हरिहरकी आमाको भूमिका निभाएकी छन् । साउथ अभिनेता ब्रह्मानन्दम नीताको मामाको भूमिकामा देखिएका छन् भने ‘पुष्पा’ भिलेन सुनिल बर्मा नकारात्मक भूमिकामा प्रस्तुत छन् । साउथका कलाकारहरु अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा, आदर्श मिश्र लगायतलाई पनि ट्रेलरमा देख्न सकिन्छ । फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् ।उनले थुप्रै चर्चित हिन्दी फिल्म खिचिसकेका छन् । हरिहर अधिकारीको कथा रहेको फिल्ममा प्रतिक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ । नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको ‘ह्रस्व दीर्घ’को निर्मात्री नीता ढुंगाना हुन भने कार्यकारी निर्मातामा धनन्जय गलानी रहेका छन् ।




    शुक्रबार, २३ कार्तिक २०८१
    सम्बन्धित समाचार
    Go