हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुन लागेको चलचित्र **‘युग’**को वर्कसप सुरु भएको छ । कलाकार तथा निर्माण टोलीलाई छायांकनका लागि तयार पार्न वर्कसप सञ्चालन गरिएको हो ।
निर्देशक कोमलनाथ खतिवडाका अनुसार वर्कसप सकिएपछि भदौको दोस्रो साताबाट चलचित्रको छायांकन सुरु हुनेछ । सामाजिक विषयवस्तुमा आधारित फिल्मको कथा, पटकथा तथा संवाद पनि खतिवडाकै रहेको छ ।
सुरेश तुमाहाम्फे र टेमनबहादुर आलेको लगानीमा बन्ने चलचित्रमा सरोज खनाल, दिक्पाल कार्की, गीता अधिकारी, तारा केसी, सुरवीर पण्डित, टिना आले मगर, सानु थापा मगर, ज्योतिका राना र सुमन थापालगायत कलाकारको अभिनय रहनेछ ।
‘युग’बाट फेसन कोरियोग्राफर हिमानी सुब्बाले नेपाली चलचित्रमा अभिनय यात्रा सुरु गर्दैछिन् । यस्तै, मोडल तथा ‘मिस्टर हेन्डसम नेपाल २०१९’का विजेता अभिषेक खड्काले पनि यही फिल्मबाट सिनेमा क्षेत्रमा डेब्यु गर्ने भएका छन् ।
निर्माण पक्षले वर्कसपबाट कलाकारको तयारी पूरा भएपछि छायांकनलाई तीव्र गतिमा अघि बढाउने जनाएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd