logo

२०८३ भाद्र २३ मंगलबार

१९औँ संस्करणको मिस नेवाःको उपाधि विजेता ललितपुरकी तिशा शाक्य

१९औँ संस्करणको मिस नेवाःको उपाधि विजेता ललितपुरकी तिशा शाक्य

234
SHARES
१९औँ संस्करणको मिस नेवाःको उपाधि विजेता ललितपुरकी तिशा शाक्य

१९औँ संस्करणको मिस नेवाःको उपाधि ललितपुरकी तिशा शाक्यले जितेकी छन्। १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै तिशाले उपाधिसँगै १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्।

तिशाले मुख्य उपाधिका अतिरिक्त गोदावरी नगरपालिकातर्फको उत्कृष्ट नेपाल भाषा सहविधाको अवार्डसमेत आफ्नो नाममा पारिन्। सारिका महर्जन प्रथम उपविजेता र जेसिका श्रेष्ठ द्वितीय उपविजेतामा चयन भए।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख तथा पूर्वमिस नेवाः सुनिता डंगोल प्रतियोगिताको फिनालेमा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। फेसन डिजाइनर ज्ञानीशोभा तुलाधर मुख्य निर्णायक रहेको प्रतियोगितामा लक्ष्मण महर्जन, जीवेश्वरलाल श्रेष्ठ, अनिल स्थापित, रोहन श्रेष्ठ, स्वरूपा श्रेष्ठ र प्रा. दिव्यलक्ष्मी बज्राचार्य निर्णायकका रूपमा सहभागी थिए।

प्रतियोगिताको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवाः समुदायको भाषा, संस्कृति, कला तथा सामाजिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन्।

रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा मिस नेवाः प्रलिशा शाक्य र मिस नेवाः सोसियल वेलफेयर एम्बासडर चिफ तिमिला महर्जनले सह–संयोजन गरेका थिए। त्यस्तै, मिस नेवाः सकिना महर्जन र कृषा महर्जनले कार्यक्रमको संयोजन गरेका थिए।


सोमबार, ८ भाद्र २०८३
सम्बन्धित समाचार
Go