logo

२०८३ भाद्र ८ सोमबार

‘मिसेस भोग नेपाल’को नयाँ संस्करण घोषणा, प्रतिक्षा थापा सम्मानित

‘मिसेस भोग नेपाल’को नयाँ संस्करण घोषणा, प्रतिक्षा थापा सम्मानित

  • Pradip
  • सोमबार, ८ भाद्र २०८३
91
SHARES
‘मिसेस भोग नेपाल’को नयाँ संस्करण घोषणा, प्रतिक्षा थापा सम्मानित

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाललाई उपाधि दिलाउन सफल प्रतिक्षा थापा सम्मानित भएकी छन् । हाउस अफ फेसन नेपालले राजधानीमा कार्यक्रम आयोजना गर्दै ‘मिसेस ग्रान्ड ग्लोबल वुमन २०२६’को उपाधि जितेकी थापालाई सम्मान गरेको हो ।



थापा तेस्रो संस्करणको **‘मिसेस भोग नेपाल २०२६’**की विजेता हुन् । उनले म्यानमारमा आयोजित ‘मिसेस ग्रान्ड इन्टरनेसनल २०२६’मा नेपालको प्रतिनिधित्व गर्दै मुख्य उपाधिसँगै ‘मिसेस ग्ल्यामर’को सब–टाइटलसमेत जितेकी थिइन् ।

कार्यक्रममा नेपालबाट प्रतियोगिताको राष्ट्रिय निर्देशकका रूपमा सहभागी ओशिमा बानुले पनि ‘बेस्ट नेसनल डाइरेक्टर’को अवार्ड प्राप्त गरेको जानकारी दिइयो ।

सोही अवसरमा ‘मिसेस भोग नेपाल’को नयाँ संस्करण घोषणा गरिएको छ । आयोजकका अनुसार नेपाली महिलाको क्षमता, आत्मविश्वास र नेतृत्वलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने उद्देश्य प्रतियोगिताको रहेको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाले अनलाइन आवेदनमार्फत आफ्नो विवरण बुझाउन सक्नेछन् । प्रारम्भिक छनोटपछि सहभागीलाई काउन्सेलिङ, ग्रुमिङ तथा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ ।

हाउस अफ फेसन नेपालकी निर्देशक ओशिमा बानुका अनुसार छनोट प्रक्रिया पारदर्शी र व्यवस्थित हुनेछ ।

सहभागीहरूको आत्मविश्वास, सञ्चार क्षमता, स्टेज प्रेजेन्स तथा व्यक्तित्व विकासमा प्रशिक्षणका क्रममा विशेष ध्यान दिइनेछ ।

नयाँ संस्करणको ग्रान्ड फिनाले आगामी जनवरीमा आयोजना गर्ने तयारी छ । विजेताले पाँच लाख रुपैयाँ नगदसहित विभिन्न अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।


सोमबार, ८ भाद्र २०८३
सम्बन्धित समाचार
Go