logo

२०८३ भाद्र ७ आइतबार

‘१२ गाउँ’को रेकर्ड तोड्दै ‘गौँथली’, २१ करोड ४० लाख कमाइ

‘१२ गाउँ’को रेकर्ड तोड्दै ‘गौँथली’, २१ करोड ४० लाख कमाइ

  • Pradip
  • बिहिबार, २८ साउन २०८३
234
SHARES
‘१२ गाउँ’को रेकर्ड तोड्दै ‘गौँथली’, २१ करोड ४० लाख कमाइ

नेपाली चलचित्र ‘गौँथली’ले बक्सअफिसमा नयाँ रेकर्ड कायम गरेको छ । चलचित्रले ‘१२ गाउँ’को लाइफटाइम बक्सअफिस कलेक्सनलाई उछिन्दै नेपाली चलचित्रमा नयाँ रेकर्ड बनाएको हो ।
विकास बोर्ड स्रोतका अनुसार बिहीबार बिहान १२ बजेसम्म ‘गौँथली’ले २१ करोड ४० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यसअघि ‘१२ गाउँ’को लाइफटाइम कलेक्सन १९ करोड ९२ लाख रुपैयाँ रहेको थियो । यससँगै ‘गौँथली’ले ‘१२ गाउँ’लाई करिब १ करोड ४८ लाख रुपैयाँले पछि पारेको छ ।



समीर भट्ट र विराज भट्ट मुख्य भूमिकामा रहेको ‘१२ गाउँ’लाई विराज भट्ट स्वयंले निर्देशन गरेका थिए । उक्त चलचित्रले नेपाली चलचित्रको बक्सअफिसमा उल्लेख्य व्यापार गर्दै रेकर्ड कायम गरेको थियो । तर, प्रदर्शनमा आएको छोटो समयमै ‘गौँथली’ले उक्त रेकर्ड तोडेको हो ।

साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौँथली’लाई डा. कपिल रिजालले निर्देशन गरेका हुन् । चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रले प्रदर्शनको सुरुवातदेखि नै दर्शकको राम्रो साथ पाउँदै आएको थियो । हलमा दर्शकको चाप बढेसँगै यसको व्यापार पनि निरन्तर उकालो लागेको हो । ‘गौँथली’को बढ्दो कमाइसँगै नेपाली चलचित्रको बक्सअफिसमा नयाँ रेकर्ड बन्ने क्रमसमेत तीव्र भएको छ ।


बिहिबार, २८ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go