आगामी साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘ईश्वर’को नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘आहा भो’ बोलको गीतमा कृष्ण काफ्ले र गीता पाण्डेको स्वर रहेको छ भने भीष्मराज फूलराको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको भिडियोमा भने फिल्मका मुख्य अभिनेता पृथ्वीराज प्रसाईं र अभिनेत्री अनु शाहबीचको प्रेमलाई दर्शाइएको छ ।
दिव्या कंगना फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाइ हरिबहादुर थापाले निर्माण गरेका हुन । राजु गिरीको निर्देशनमा तयार भएको फिल्ममा पृथ्वी र अनुसहित सुनिल थापा, शिशिर वाङ्गदेल, माओत्से गुरुङ, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, सबिन बास्तोला आदिको अभिनय रहेको छ ।
निर्देशक गिरी स्वयंको कथा रहेको फिल्ममाभोजराज देवकोटाको पटकथा तथा संवाद, रामेश्वर हुँमागाईको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी तथा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत रहेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd