logo

२०८३ साउन २६ मंगलबार

‘बेहुली फ्रम मेघौली’को नयाँ गीत सार्वजनिक

‘बेहुली फ्रम मेघौली’को नयाँ गीत सार्वजनिक

  • E24 Nepal
  • शुक्रबार, ४ साउन २०८१
2.7K
SHARES
‘बेहुली फ्रम मेघौली’को नयाँ गीत सार्वजनिक

स्वस्तिमा खड्का र निश्चल बस्नेतको अभिनय रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत सार्वजनिक भएको छ । ‘उडायो मन’ बोलको गीतमा संगीत र शब्द जयन जे वाइवाको छ । इन्द्रकला राईको स्वर रहेको छ । गीतका मूल सर्जक केशवराज महतो हुन् भने थारु शब्दको पुनर्लेखन अशोक थनेतले गरेका हुन् । गीतको भिडियोमा स्वस्तिमा फिचर्ड छिन् । उनीसहित सिम्रन खड्का र निश्चल पनि फिचर्ड छन् । गीतको कोरियोग्राफी शेखर घर्ती मगरले गरेका हुन् ।
आगामी घटस्थापनको दिन मा प्रदर्शन तयारीमा रहेको यो फिल्ममा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर अभिनय रहेको छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ ।




शुक्रबार, ४ साउन २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go