शुक्रबारबाट दुईवटा नेपाली फिल्म ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका छन् । अहिलेसम्मको अवूथा हेर्दा दुवै फिल्मले सामान्य व्यापार गरिरहेको छ ।
संचारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गरेको यो फिल्ममा अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गर्दै छोरीले पनि आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने विषयलाई देखाइएको छ । फिल्ममा अभिनेत्री मलिका महत गाउँले चरित्रमा छन् । छोराको चाहना गरेका बुबाको खुसीका लागि उनको पात्रले उठाएको एउटा कदम र त्यो घटनाले कालोमोसो र जुत्ताको माला लगाएर गाउँबाटै निकाला हुनुपरेको कथामा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रष्ट पार्छ । गत हप्ता रिलिज भएको यो फिल्मको ट्रेलरले पनि रामे प्रतिक्रिया पाइरहेको छ ।
लक्ष्मण सुवेदी कैे लेखन रहेको फिल्ममा मलिकासँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ ।
त्यस्तै‘नमेटिने घाउ’लाई भने अभिनेता रमित ढुंगानाले निर्देशन गरेका हुन् । एसिड आक्रमणमा परेकाहरुको कथामा बनेको फिल्ममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायतका नेताहरुको पनि अभिनय छ । साथै मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, इभा गिरी लगायतका कलकाारहरुको पनि अभिनय रहेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd