logo

२०८३ कार्तिक ८ शनिबार

‘पूजा, सर’ (राजागंज)को टिजर सार्वजनिक

‘पूजा, सर’ (राजागंज)को टिजर सार्वजनिक

3.1K
SHARES
‘पूजा, सर’ (राजागंज)को टिजर सार्वजनिक

दीपक रौनियारले निर्देशन गरेको फिल्म ‘पूजा, सर’ (राजागंज)को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टिजरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गर्न प्रहरीले चलाएको ‘सर्च अपरेसन’लाई देखाइएको छ । फिल्मले मधेशको कथा उठाएको छ ।
यो फिल्ममा अभिनेता दयाहाङ राईले प्रहरी उपरीक्षक (एसपी)को भूमिका निभाएका छन् । अभिनेत्री आशा मगराती इन्सपेक्टरको भूमिकामा प्रस्तुत छिन् । त्यस्तै अभिनेत्री ऋचा शर्माले मधेशी समुदायकी विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् भने अर्की अभिनेत्री निकिता चाण्डक प्रहरीको भूमिकामा देखिएकी छन् । फिल्ममा विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको रहेको छ ।


सोमबार, १८ भाद्र २०८१
सम्बन्धित समाचार
Go