logo

२०८३ असार ३२ बिहिबार

‘पूजा, सर’ (राजागंज)को टिजर सार्वजनिक

‘पूजा, सर’ (राजागंज)को टिजर सार्वजनिक

2.7K
SHARES
‘पूजा, सर’ (राजागंज)को टिजर सार्वजनिक

दीपक रौनियारले निर्देशन गरेको फिल्म ‘पूजा, सर’ (राजागंज)को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको टिजरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गर्न प्रहरीले चलाएको ‘सर्च अपरेसन’लाई देखाइएको छ । फिल्मले मधेशको कथा उठाएको छ ।
यो फिल्ममा अभिनेता दयाहाङ राईले प्रहरी उपरीक्षक (एसपी)को भूमिका निभाएका छन् । अभिनेत्री आशा मगराती इन्सपेक्टरको भूमिकामा प्रस्तुत छिन् । त्यस्तै अभिनेत्री ऋचा शर्माले मधेशी समुदायकी विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् भने अर्की अभिनेत्री निकिता चाण्डक प्रहरीको भूमिकामा देखिएकी छन् । फिल्ममा विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको रहेको छ ।




सोमबार, १८ भाद्र २०८१
सम्बन्धित समाचार
Go