logo

२०८२ मंसिर २२ आइतबार

logo
  • आइतबार, २२ मंसिर २०८२
  • ‘सानो संसार’को पहिलो गीत ‘मगमग फूलबारी’ सार्वजनिक

    ‘सानो संसार’को पहिलो गीत ‘मगमग फूलबारी’ सार्वजनिक

    1.3K
    SHARES
    ‘सानो संसार’को पहिलो गीत ‘मगमग फूलबारी’ सार्वजनिक

    अर्जुन कुमारको निर्माण रहेको फिल्म ‘सानो संसार’को पहिलो गीत ‘मगमग फूलबारी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटीको शब्द रचना तथा संगीत छ भने पार्श्व गायनमा मेलिना राईलाई संगीतकार सिवाकोटीले साथ दिएका छन् । विवाहको सेटअपमा तयार पारिएको लोक लयको यो गीतमा फिल्मका शीर्ष कलाकारहरु सीतादेवी तिमल्सिना (केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती), राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतम छमछमी नृत्य गर्दै देखिएका छन् । आगामी असोज ११ गतेबाट प्रदर्शनको तयारीमा रहेका यो फिल्मलाइ सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो । फिल्ममा अर्जुन कुमार निर्माता र माधव वाग्ले कार्यकारी निर्मातामा छन् ।
    त्यस्तै शंकर घिमिरेको लेखन तथा निर्देशनमा मा तयार भएको फिल्म ‘तेल भिसा’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘हरि नाम झैं’ बोलको गीतमा कल्याण सिंहको संगीतमा तयार भएको गीतमा हर्क साउदको शब्द रचना छ भने निशान भट्टराई र समीरा थपलियाको गायन छ । गीतमा फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती प्रस्तुत छन् । विपिन बुबा र छोराको गरी दोहोरो भूमिकामा छन् । आगामी मंसिर ७ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मलाइ अनिल पाण्डे र शिवराज कार्कीले निर्माण गरेका हुन ।


    सोमबार, १८ भाद्र २०८१
    सम्बन्धित समाचार
    Go