logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • शुक्रबार, ११ बैशाख २०८३
  • ‘खुस्मा’ को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक

    ‘खुस्मा’ को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक

    1.8K
    SHARES
    ‘खुस्मा’ को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक

    द्वन्द्वकालीन समयको प्रेमकथामा बनेको फिल्म ‘खुस्मा’ को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक गरिएको छ । गीतमा अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको केमेस्ट्रीलाइ प्रस्तुत गरिएको छ ।
    अशोक थापा मगरले निर्देशन गरेको यो फिल्ममा धीरज र उपासनासँगै माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, संगीता थापा मगर, अस्तित्व भट्टचन, अरुण मगर लगायतले पनि अभिनय गरेका छन् । यो फिल्म आगामी असोज ३ गते देखि प्रदर्शन हुदैछ ।


    सोमबार, १८ भाद्र २०८१
    सम्बन्धित समाचार
    Go