logo

२०८२ बैशाख २९ सोमबार

logo
  • सोमबार, २९ बैशाख २०८२
  • दिनेशराज दाहाल (डिसी) चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त

    दिनेशराज दाहाल (डिसी) चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त

    910
    SHARES
    दिनेशराज दाहाल (डिसी) चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त

    लामो समयको रस्साकसी पछि चलचित्र विकाश वोर्डले नया अध्यक्ष पाएको छ । निर्देशक तथा कलाकार दिनेशराज दाहाल (डिसी) चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । अबको २ वर्ष उनले बोर्ड हाँक्नेछन् ।
    तीन दशकदेखि सक्रिय डिसी सहित छ जनाले वोर्डको अध्यक्षकाृ लागि आवेदशन दिएका थिए । आवेदन दिएका ६ जनामध्ये डिसीसहित दीपा पाण्डे बस्नेत र राजेश थापाको नाम तालुकवाला निकाय सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । दिनेश प्रधानमन्त्री केपी शर्मा ओलीसँग सीधा पहुँच राख्न सक्ने फिल्मकर्मी हुन् । यसअघि एमाले सरकारमा हुँदा पनि उनलाई बोर्ड अध्यक्ष बनाउन ओली आफैंले इच्छा देखाएका थिए । तर, त्यसबेला डिसीले इच्छा देखाएनन् । यसपटक भने एमाले सरकारमा आएलगत्तै उनले बोर्ड अध्यक्ष बन्न लबिङ सुरु गरेका थिए । र, प्रधानमन्त्री ओलीसँग उनको पटकपटक भेट भएको थियो । फिल्म ‘सुनचाँदी’बाट अभिनय यात्रा सुरु गरेका उनले ५० बढी फिल्ममा अभिनय गरिसकेका छन् । सन् २००६ मा आएको फिल्म ‘सावधान’बाट निर्देशन करिअर सुरु गरेका उनले त्यसपछि ‘दाईको ससुराली’, ‘मायाज् बार’, ‘६ एकान ६’ हुँदै पछिल्लो पटक ‘फूलै फूलको मौसम तिमीलाई’ निर्देशन गरेका थिए । २०७९ सालमा उनले आफ्नो निर्देशनमा नयाँ फिल्म ‘सर्वजीत’ बनाउने घोषणा गरेका थिए । तर, यो फिल्म निर्माण हुन सकेको छैन । उनी चाँडै फिल्म ‘एक्लो’मा काम गर्दैछन् ।


    सोमबार, १८ भाद्र २०८१
    सम्बन्धित समाचार
    Go