logo

२०८२ जेष्ठ ११ शनिबार

logo
  • शनिबार, ११ जेष्ठ २०८२
  • “१२ गाउँ” को ट्रेलर सार्वजनिक

    “१२ गाउँ” को ट्रेलर सार्वजनिक

    780
    SHARES
    “१२ गाउँ” को ट्रेलर सार्वजनिक

    अभिनेता बिराज भट्टको निर्देशनमा तयार भएको फिल्म “१२ गाउँ” को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार युट्युबमार्फत् सार्वजनिक ३ मिनेट १४ सेकेण्ड लामो ट्रेलर एक्सनले भरिएको छ । युट्युबमा रिलिजको केही घण्टामा नै ट्रेलर फिल्मतर्फ नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा उक्लिएको थियो । यसबाट पनि फिल्मलाई लिएर दर्शकमध्य कुन प्रकारको क्रेज रहेको छ भन्ने कुरा प्रस्ट हुन्छ । यो क्रेज हलमा फिल्म लागेपछी पनि कायम रहयो भने फिल्मले राम्रो व्यापार गर्न सफल हुनेछ । ट्रेलरमा प्रेम र ट्रझडी दुबै पाटो समेटिएको छ। १२ गाउँ भन्ने ठाउँमा अधिपत्य जमाएर बसेको एक अत्याचारी पात्र (मुरलीधर)को साम्राज्य ध्वस्त पार्न विराज र समीरले गरेको संघर्षको कथामा चलचित्र घुमेको छ । एक्सनप्रेमी दर्शकलाई यो चलचित्रले राम्रो खुराक पस्किने देखिएको छ । विराज र समीर पहिलो पटक एकसाथ देखिएकाले दर्शकमा ‘१२ गाउँ’को ठूलो प्रतिक्षा छ । फिल्ममा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर (इकु), भिष्म जोशी, स्टन्ट सिल्भा (दक्षिण भारतीय फिल्मका कलाकार) लगायतको पनि अभिनय छ । फिल्ममा महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवादमा चलचित्र निर्माण भएको छ । यसमा द्वन्द्व निर्देशन साउथका स्टन्ट सिल्भाले गरेका छन् । यो चलचित्र यही असोज २४ गते फूलपातीदेखि प्रदर्शनको तयारीमा रहेको छ । यो फिल्म बर्षको अपेक्षित चलचित्र मध्यको एक मनिएको छ । बिराज भट्ट ५ बर्ष पछी यही फिल्मबाट सिनेमामा कोम्ब्याक गर्दै छन । नयाँ कलाकार समिरले एक्सनमा राम्रो सम्भावना देखाएका छन । उन्को अभिनयलाई दर्शकले कुन रुपमा लिने हुन त्यो हेर्न असोज २४ पछीका दिनहरुले बताउने छ ।


    आइतबार, २० असोज २०८१
    सम्बन्धित समाचार
    ताजा अपडेट
    Go