logo

२०८१ फाल्गुन ५ सोमबार

logo
  • सोमबार, ५ फाल्गुन २०८१
  • ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक

    ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक

    • kollywood_khabar
    • बिहिबार, १५ कार्तिक २०८१
    1.7K
    SHARES
    ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक

    फिल्म ‘ह्रस्व दीर्घ’को टिजर सार्वजनिक भएको छ । नेपाली र दक्षिण भारतीय फिल्म (साउथ)का कलाकारहरुको एकसाथ अभिनय गरेको कारणले चर्चा रहेको फिल्मको टिजर दशैको फूलपातीको अवसरमा सार्वजनिक भएको हो ।२ मिनेट लामो टिजरले फिल्मको कथावस्तु र कलाकारहरुको चरित्र चित्रणबारे प्रष्ट पारेको छ । एउटै नक्षत्र, ग्रह र भाग्य भएका प्रेम जोडीको सम्बन्ध र उनीहरुको जीवनमा आउने उतारचढावलाई तिजरमा प्रस्तुत गरिएको छ । अभिनेत्री रेखा थापा ज्योतिषको भूमिकामा देखिएकी छन् । अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना प्रेम जोडीको रुपमा प्रस्तुत छन् । हरिहरको अर्की अभिनेत्री गरिमा शर्मासँग पनि प्रेम रहेको खुलाइएको छ । टिजरमा अभिनेत्री विपना थापाको ‘इन्ट्री’ले भने उनी राजनीतिज्ञको भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ । टिजरमा साउथका कलाकारहरु ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत, कबीर दुहन सिंहलाई पनि भिभिन्न भूमिकामा देख्न सकिन्छ । ज्योतिषशास्त्रसँग जोडेर फिल्मको कथा बनेको टिजरले प्रष्ट पारेको छ । चन्द्र पन्तको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा सञ्चिता लुइँटेल, सरोज खनाल, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा, रवीन्द्र झा, नरेन खड्का, आदर्श मिश्र लगायतको पनि अभिनय छ ।फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् ।उनले थुप्रै चर्चित हिन्दी फिल्म खिचिसकेका छन् । हरिहर अधिकारीको कथा रहेको फिल्ममा प्रतिक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ । नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको ‘ह्रस्व दीर्घ’को कार्यकारी निर्मातामा धनन्जय गलानी रहेका छन् ।आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।




    बिहिबार, १५ कार्तिक २०८१
    सम्बन्धित समाचार
    Go