आगामी माघ २५ गतेबाट प्रर्दशनको तयारीमा रहेको फिल्म ‘जुना’ ‘आमाको मुहार’वोलको गीत सार्वजनिक भएको छ । गीतमा मुख्य पात्रका रुपमा अस्मिता ढकाल देखिएकी छन । गीतले नेपाली समाजको वृत्तचित्रमा बालविवाह,महिला हिंसा र त्यसले एक महिलाको जिवनमा पार्ने नकरात्मक असर बारेको कथा प्रस्तुत गरेको छ । त्यस्तैः म्युजिक भिडियोमा बालविवाहका कारण भोग्नु परेको पिडा र यातनामा डुब्दै आफ्नो आमालाई सम्झीदै,रुदै गरेको दृश्य देख्न सकिन्छ ।
गीतमा अस्मिता ढकाल सहित कृष्ण प्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकाश आनन्द, ईन्द्र वि.क र केशव अधिकारी लगायतको अभिनय रहेको छ । जिवन सेन्चुरीको निर्देशनमा तयार भएको फिल्मका निर्माता दिपक प्रसाद घिमिरे हुन । यधु राई लकन्ड्रीे स्वरम बनेको गीतको लेखन तथा निर्देशन जिवन सेन्चुरी गरेका हुन भने, एरेन्जर रमेश सेन्चुरीले हुन ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd