निरोज महर्जनको कथा तथा निर्देशनमा निर्माण भएको फिल्म ‘रेशम फिलिली’ को टे«लर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको उक्त ट्रेलरमा एक पात्रको अमेरीका डि.बी परे पछिको अवस्थालाई हास्य शैलीमा चित्रण गरिएको छ । जम्मा जम्मी ३ मिनट लम्बाईको टे«लरमा फिल्मका एक पात्रले विदेश जानको लागी गरेको प्राथना र विदेश जान रोकावट गर्ने फिल्मका अन्य पात्रहरुको विचको द्धन्द्धलाई प्रस्तुत गरेको छ । ट्रेलरको पहिलो दृश्यले नै अमेरिका जान मुख्य पात्रले गर्ने संघर्षमा फिल्मको कथा केन्द्रित रहेको प्रष्ट पार्छ । ट्रेलर हेर्दा फिल्मले गम्भीर विषयलाई हास्य शैलीमा प्रस्तुत गरेको देखिन्छ । यही फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा डि.बी परेका पुरुष पात्रसंगै अमेरीका जान संषर्घ गरिरहेकी एक महिला पात्रलाई पनि देखाएको छ । फिल्मको टे«लरमा विनयसहित सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरसिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय छ । यो फिल्म ९ वर्षअघि आएको ‘रेशम फिलिली’को सिक्वेल हो ।फिल्ममा सुसन प्रजापतीको छायांकन, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन, रोहित शाक्यको ब्याकग्राउन्ड म्यूजिक, आकाश बरालको स्क्रिप्ट लेखन, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । रौनक विक्रम कँडेलको निर्माण रहेको फिल्मको कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह–निर्माता एनि थापा हुन् ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd