logo

२०८२ जेष्ठ ११ शनिबार

logo
  • शनिबार, ११ जेष्ठ २०८२
  • लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक

    लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक

    169
    SHARES
    लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक

    लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक भएको छ ।

    गीतमा सुदिप अधिकारी र शान्ती श्री परियारको स्वर छ । गीतको भिडियो सुदिप अधिकारी अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

    शब्द तथा संगीत सुदीप अधिकारीको छ । कमल सौरागको संगीत संयोजन रहेको गीतमा कुमार राना मगरको मिक्सिङ तथा मास्टरिङ रहेको छ । खुमन राना र सुमन रानाले गीत रेकर्डिङ गरेका छन् ।

    गीतको भिडियो पनि निर्माण गरिएको छ । ओवी रायमाझी र जुना विश्वकर्माको अभिनय रहेको छ । सुदीप बरालको छायांकन रहेको गीतको भिडियो सम्पादन मनोज कार्कीले गरेका छन् ।

    गाउँले परिवेशमा खिचिएको भिडियोमा ग्रामीण जनजीवन समेटिएको छ । लेकबेसी, गोठालो, र पानी पँधेरो गर्दा युवा युवतीबीच बसेको प्रेम गीत र भिडियोमा समेटिएको छ ।

    गीतमा प्रेममा रहेको जोडीको प्रेमिल कल्पना, प्रेमिकालाई छोडेर टाढा जानु पर्दाको पीडा र त्यसक्रममा हुने युवायुवतीको संवाद गीतमा सुन्न र देख्न सकिन्छ ।


    बुधबार, २४ बैशाख २०८२
    सम्बन्धित समाचार
    ताजा अपडेट
    Go