logo

२०८२ जेष्ठ ११ शनिबार

logo
  • शनिबार, ११ जेष्ठ २०८२
  • ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुनेक्रम जारी

    ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुनेक्रम जारी

    • kollywood_khabar
    • शुक्रबार, २६ बैशाख २०८२
    195
    SHARES
    ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुनेक्रम जारी

    चलचित्र ‘महाराजधिराज’मा कलाकार अनुबन्ध हुनेक्रम जारी छ । बलियो लाइनअप बनाउने क्रमलाई निर्माणपक्षले निरन्तरता दिएको छ ।

    नायिका वर्षा शिवाकोटीलाई निर्माणपक्षले बिहीबार अनुबन्ध गरेको छ । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि निर्माणपक्षले वर्षालाई अनुबन्ध गरेको हो ।

    यो लाइनअपसँगै निर्माणपक्षले चलचित्रमा स्टार कलाकारको बाहुल्यता रहने सन्देश दिएको छ । स्टार कलाकार अनुबन्ध गर्दै लाइनअप बलियो बनेको सिनेमाप्रतिको अपेक्षा पनि बढ्दै गएको छ ।

    यो चलचित्रमा जय किशन बस्नेत पनि एक महत्वपूर्ण भूमिकामा देखिने पक्का भइसकेको छ ।

    ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ ।

    चलचित्र फूलपातीमा प्रदर्शन हुनेछ । सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।

    उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।

    ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो ।

    सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।


    शुक्रबार, २६ बैशाख २०८२
    सम्बन्धित समाचार
    ताजा अपडेट
    Go