logo

२०८२ जेष्ठ ३० बिहिबार

logo
  • बिहिबार, ३० जेष्ठ २०८२
  • पाँचौँ दिनमा देशभर हाउसफुल

    पाँचौँ दिनमा देशभर हाउसफुल

    130
    SHARES
    पाँचौँ दिनमा देशभर हाउसफुल

    चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै दर्शकको मन जित्न मात्र होइन, व्यापारिक सफलता पनि आर्जन गर्दै सनसनी मच्चाइरहेको छ । रिलिजको पाँचौँ दिन बुधवार देशभरका हलहरूमा दर्शकको अत्यधिक भीड देखिएको छ भने वितरकले ३५० भन्दा बढी शोहरूमा प्रदर्शन भएको र अधिकांश शोहरू हाउसफुल भएको जानकारी दिएका छन् ।

    कतिपय हलहरूमा ‘डिल डे’ परेको अवसरमा दिनभर नै हाउसफुल शो चलेको वितरकको भनाइ छ । उनीहरूका अनुसार अधिकांश शोहरू भरिभराउ रहेकाले व्यापार राम्रो भएको अनुमान गरिएको छ । यद्यपि, केही हलबाट अझै पूर्ण रिपोर्ट नआएकाले विस्तृत कलेक्सन चाँडै सार्वजनिक गरिने जनाइएको छ ।

    चलचित्रको व्यापारसँगै यसको सङ्गीत पक्ष पनि उत्तिकै चर्चामा छ । हालै सार्वजनिक भएको नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ले सामाजिक सञ्जालमा सनसनी नै मच्चाइरहेको छ । रिलिजको तेस्रो दिन सार्वजनिक भएको यो गीतले श्रोतामाझ निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । यसअघि रिलिज भएका गीतहरू ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ पनि करोडौँ दर्शकको मन जित्न सफल भइसकेका छन् ।

    छैटौँ दिन बिहीबार पनि हलमा दर्शकको उपस्थिति उत्साहजनक देखिएको छ । अहिले काठमाडौं उपत्यकाका विभिन्न हलहरूमा कलाकारहरू दर्शकमाझ साक्षात्कार गरिरहेका छन् । दोस्रो हप्ताबाट भने देशव्यापी भ्रमण सुरु हुने भएको छ । निर्देशक नवीन चौहानका अनुसार दमौलीबाट सुरु हुने भ्रमण पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्नेछ । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ, र निर्देशक स्वयं सहभागी हुनेछन् ।

    नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको ‘ऊनको स्वीटर’मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको दमदार अभिनय रहेको छ । ट्रेलर, टिजर र गीतहरूले निर्माणको सुरुदेखि नै चर्चा बटुल्न सफल यो चलचित्र दर्शकमाझ ‘हिट’ बन्दै गएको छ ।


    बिहिबार, २ जेष्ठ २०८२
    सम्बन्धित समाचार
    Go