logo

२०८२ मंसिर २१ शनिबार

logo
  • शनिबार, २१ मंसिर २०८२
  • नायिका भिन्तुना जोशीका दाजु पनि गायनमा

    नायिका भिन्तुना जोशीका दाजु पनि गायनमा

    52
    SHARES
    नायिका भिन्तुना जोशीका दाजु पनि गायनमा

    नेपालभाषाको सिने क्षेत्रकी लोकप्रिय कलाकार भिन्तुना जोशी कलाकारितासंग सम्बद्ध परिवारका हुन् । उनी अमर संगीतकार द्वारिकालाल श्रेष्ठ र प्रसिद्ध कलाकार नगिना जोशीया छोरी हुन् । भिन्तुना जोशीकी दिदी लसता जोशी पनि लोकप्रिय गायिका हुन् भने अहिले उनको दाजु शरद जोशी पनि गायन क्षेत्रमा अगाडि बढेका छन् । उनले केही वर्ष अगाडि देखि कार्य व्यस्तताका कारण थाँति राखेको गीत गायन यात्रा स्वरुप बहिनी भिन्तुना जोशीसंग नेपालभाषाको युगल गीत ” मन भारा भारा मिन ” संगसेगै के भयो आमा, कुराहरू , तिमिलाई दिएको आँसु लगायत तीन वटा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । । तीन मध्ये तिमिलाई दिएको आँसु भिडियोको निर्देशन शिवानी बज्राचार्यले गरेका हुन् । । यसमा भिन्तुना जोशी संग सोहित मानन्धरले जोडि बाँधेका छन् भने नेहा मालाकारको पनि अभिनय रहेको छ । यी सबै भिडियो शनिबार सिडिसि मलमा प्रिमियर गरिएको हो ।
    नेपालभाषाको भिडियोको निर्देशन विश्वास बज्राचार्यले गरेका हुन् । यसमा भिन्तुना जोशी लाई मनोज महर्जनले जोडिका रुपमा साथ दिएका छन् ।
    सोहो कार्यक्रममा गायक शरद जोशीको एकल स्वर रहेको तीनवटा गीतको भिडियो पनि सार्वजनिक गरिएको हो ।
    सो कार्यक्रमको प्रसिद्ध अभिनेता मदनकृष्ण श्रेष्ठ र नेवाः देय् दबुका अध्यक्ष पवित्र बज्राचार्यले प्रमुख अतिथिका रुपमा संयुक्त रुपमा पानसमा दियो प्रज्वलित गरी उदघाटन गरेका थिए । नगिना जोशीले सभापतिको रुपमा स्वागत मन्तव्य राखेको सो कार्यक्रममा भिन्तुना जोशीले धन्यवाद ज्ञापन गरेकि थिइन् ।
    कार्यक्रममा म्युजिक भिडियोका निर्देशकहरुमा विश्वास बज्राचार्य र शिवानी बज्राचार्यका साथै विशिष्ट पाहाँपिं अतिथीहरुमा नृत्य निर्देशक बसन्त श्रेष्ठ, संगीतकार मनराजा नकःमि, वरिष्ठ गायक जुजुकाजि रन्जित र अग्रज सिने पत्रकार विजयरत्न असंबरेले पनि मन्तव्य राखेका थिए ।


    सोमबार, १६ मंसिर २०८२
    सम्बन्धित समाचार
    Go