logo

२०८३ साउन ६ बुधबार

ग्रान्ड ओपनिङ कार्यक्रममा निमा रुम्बा र रामकृष्ण ढकाल

ग्रान्ड ओपनिङ कार्यक्रममा निमा रुम्बा र रामकृष्ण ढकाल

598
SHARES
ग्रान्ड ओपनिङ कार्यक्रममा निमा रुम्बा र रामकृष्ण ढकाल

काठमाडौँको कमलादी कुलरत्न मार्गस्थित सिटिजन्स बैङ्क अगाडि ‘इलोरा हेयर एन्ड ब्युटी यूनिसेक्स लाउन्ज’ सञ्चालनमा आएको छ। आइतबार आयोजित ग्रान्ड ओपनिङ कार्यक्रममा नेपाली पप गायनका लोकप्रिय गायक निमा रुम्बा र आधुनिक सङ्गीतका शिखर पुरुष गायक रामकृष्ण ढकालले संयुक्त रूपमा रिबन काटेर उक्त लाउन्जको शुभारम्भ गरेका हुन्।



यस विशेष कार्यक्रममा सामाजिक सञ्जालमा ‘ksuskalology’ नामले अत्यन्त लोकप्रिय रहेकी प्रसिद्ध मेकअप आर्टिस्ट तथा सौन्दर्य इन्फ्लुएन्सर सुस्मा कार्कीको समेत उपस्थिति रहेको थियो।
शुभारम्भको अवसर पारेर लाउन्जले ग्राहकहरुका लागि आगामी एक हप्तासम्म आफ्ना सबै सेवाहरूमा ५० प्रतिशत भारी छुट दिने घोषणा गरेको छ। इलोराले ‘तपाईँको विश्वास, हाम्रो हेरचाह’ भन्ने मूल भावका साथ विशेषज्ञद्वारा स्याहार, सधैँ प्रिमियम उत्पादनको प्रयोग, महिला र पुरुष दुवैका लागि सेवा र ग्राहकको सन्तुष्टिलाई आफ्नो प्रमुख विशेषताको रूपमा अघि सारेको छ।

उद्घाटन कार्यक्रमपश्चात् गायक द्वय रुम्बा र ढकालले आफ्ना हेयर तथा मेकअप शैलीका बारेमा चर्चा गरेका थिए। उनीहरूले इलोराले नेपालमै सबैभन्दा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यका साथ सुरु भएको बताउँदै लाउन्जको व्यावसायिक सफलताको शुभकामना व्यक्त गरे। ‘मिस क्याटवाक’, ‘हुरी बतास’ जस्ता एभरग्रीन पप गीतका गायक तथा ‘कागबेनी’ चलचित्रका अभिनेता निमा रुम्बा र ‘ओराली लागेको हरिणको चाल भयो’ जस्ता कालजयी गीतका गायक तथा हाल विश्वभर प्रदर्शन भइरहेको चलचित्र ‘मालती मंगले’का निर्माता रामकृष्ण ढकालको उपस्थितिले कार्यक्रमलाई निकै आकर्षक बनाएको थियो।

मोडल, ‘द विनर’ चलचित्रका अभिनेता तथा उद्यमी मन्चिन शाक्य र शशी पराजुलीको सहकार्यमा यो सलुन सञ्चालनमा ल्याइएको हो। सञ्चालक शाक्यले लाउन्जबाट प्रदान गरिने सेवामा कुनै पनि प्रकारको सम्झौता नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। सेवाग्राहीलाई उत्कृष्ट अनुभव दिने कुरामा जोड दिँदै उनले भने, “हामीले आधिकारितामा विश्वास गर्छौँ, यहाँ प्रयोग हुने उत्पादनमा कुनै मिश्रण हुँदैन।”


सोमबार, १८ जेष्ठ २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go