logo

२०८३ जेष्ठ १८ सोमबार

logo
  • सोमबार, १८ जेष्ठ २०८३
  • ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन

    ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन

    13
    SHARES
    ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन

    अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको सिनेमा ‘सारथी’को गुर्जा खानी सेड्युलको छायांकन सकिएको छ । गत बैशाख १५ गतेबाट छायांकन सुरु भएको सिनेमाको एक महिनामा गुर्जा खानीको सम्पुर्ण छायांकन सकिएको हो ।

    निर्देशक कुमार गजुरेलका अनुसार यो सिनेमाको अब काठमाडौंको एक दिनको छायांकन बाँकी छ । त्यो पनि केही दिनमा सकेर पोस्ट प्रोडक्सनमा लाग्ने बताए । सिनेमाको पोष्ट प्रोडक्सन सकिएसँगै प्रदर्शन मिति घोषणा गरिने निर्देशक गजुरेल बताउँछन् । म्याग्दीको दुर्गम तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानमा छायांकन सम्पन्न गरी निर्माण टिम काठमाडौं फर्किदा उत्साहित देखिएको हो ।

    सिनेमाको प्रमुख आकर्षणका रूपमा करिब दुई दशकपछि वरिष्ठ कलाकार उत्तम प्रधान र निरुता सिंहको पुनर्मिलन रहेको छ । लामो समयपछि पुनः एकसाथ पर्दामा देखिएका यी दुई कलाकारको कमब्याकलाई सिनेमा क्षेत्र तथा दर्शकहरूले विशेष चासोका साथ हेरिरहेको दाबी निर्माण टिमको छ ।

    सामाजिक कथावस्तुमा आधारित सिनेमाले गुर्जाको मौलिक संस्कृति, परम्परागत जीवनशैली, ढुंगा–माटोले बनेका घरहरू, छन्त्याल तथा दलित समुदायको जनजीवन र गुर्जा–चुरेन हिमालको मनमोहक दृश्यलाई पर्दामा उतारेको छ । सिनेमाका निर्देशक कुमार गजुरेलका अनुसार सिनेमाले गुर्जा क्षेत्रको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नेछ ।

    सिनेमामा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कंडेल र धिरेन मोक्तान लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

    किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्‌को सहकार्य रहेको सिनेमाका निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन् । धिरज तामाङ र बेक बहादुर विश्वकर्मा सहनिर्माता तथा प्रदिप रायमाझी र रदिप श्रेष्ठ कार्यकारी निर्माता अनि अमीर केसी लाइन प्रोड्युसर हुन् । यो सिनेमाको छायांकन संकल्प भुजेलले गरेका हुन् ।


    सोमबार, १८ जेष्ठ २०८३
    सम्बन्धित समाचार
    छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ आजदेखि सुरु भएको छ ।  चलचित्र विकास बोर्डको सहकार्य तथाआदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा बोर्डको सभाहलमा महोत्सव सुरु भएको हो । ‘आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।  महोत्सवको चलचित्र विकास बोर्डका अध्यक्ष तथा प्रमुख अतिथि दिनेशराज दाहालले मैनबत्ती बालेर उद्घाटन गरे । उद्घाटन समारोहमा विभिन्न आदिवासी जनजाति समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।  आयोजकका अनुसार महोत्सव चलचित्र प्रदर्शनमा मात्र सीमित छैन । यसलाई आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, इतिहास, लिपि, मिथक, सामुदायिक स्मृति, भू–चेतना, लोकज्ञान र सांस्कृतिक अस्तित्वलाई दृश्य–श्रव्य माध्यमबाट पुनःस्थापित गर्ने अभियानका रूपमा लिइएको छ ।  महोत्सवको पहिलो दिन लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित ‘तङसिङ’, निमा लामा तामाङ निर्देशित ‘ह्याङ तामाङ’ र बिपना तामाङ भुजेल निर्देशित ‘निको पहिचान’ प्रदर्शन गरिएको छ ।  महोत्सवमा नेवारी, गुरुङ, मगर, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछ ।  कथानक चलचित्रतर्फ दिनेश लिङदेन निर्देशित ‘रीत’, अमृतमान महर्जन निर्देशित ‘स्वयनगु’, जनक गुरुङ निर्देशित ‘ङोल्स्यो रामरानी’ र अशोक आले मगर निर्देशित ‘दिलसरा’ प्रदर्शन हुनेछन् ।  यस्तै लघु चलचित्रतर्फ हुतबहादुर तामाङ निर्देशित ‘दुखला ग्यम’, परशुराम चौधरी निर्देशित ‘जाइछै सौसरा’ र विशाल रोक्का मगर निर्देशित ‘लाहुरेनी’ समावेश छन् ।  वृत्तचित्रतर्फ अनिल मगर निर्देशित ‘आग्रे’, होमकुमारी माझी निर्देशित ‘लदि पूजा’ तथा अरविन्द विश्वास निर्देशित एआई जेनेरेटेड वृत्तचित्र ‘बिराटनगरके प्राचीन राजवंशी’ प्रदर्शन गरिनेछ ।  महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र र कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
    ताजा अपडेट
    Go