logo

२०८३ भाद्र २९ सोमबार

माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक

माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक

507
SHARES
माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक

आगामी भदौ २६ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बुधबार सार्वजनिक गरेको पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरूलाई विवाहपूर्वको हल्दी समारोहमा प्रस्तुत गरिएको छ।

पोस्टरको केन्द्रमा नायक दील श्रेष्ठ हल्दी लगाइरहेको अवस्थामा देखिन्छन्। उनीसँगै मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठ उत्साहपूर्ण माहोलमा सहभागी छन्। सजावट, पहिरन र समग्र वातावरणले सम्पन्न परिवारमा विवाहको तयारी भइरहेको झल्को दिन्छ। नम्रता श्रेष्ठको हातमा दुलाहालाई बधाइ दिन ल्याइएको बुकेले पनि पोस्टरलाई थप अर्थपूर्ण बनाएको छ।

पोस्टरमा मदनकृष्ण श्रेष्ठ ह्विलचेयरमा देखिएकाले उनको पात्र शारीरिक रूपमा असहज अवस्थामा रहेको संकेत मिल्छ। समग्र दृश्यले चलचित्र पारिवारिक सम्बन्ध, भावना र प्रेमकथामा आधारित हुने संकेत दिएको छ।

अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको यो चलचित्र हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा छ। ‘हिम्मतवाली’ र ‘मालिका’पछि यो रेखाको तेस्रो निर्देशकीय फिचर फिल्म हो। साथै, उनी आठ वर्षपछि पुनः निर्देशनमा फर्किएकी हुन्।

यसपटक रेखाले आफ्नै रेखा फिल्मस् ब्यानरभन्दा बाहिर रहेर ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा चलचित्र निर्देशन गरेकी हुन्। चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दील श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह लगायतको मुख्य भूमिका छ भने उषा खड्गी विशेष भूमिकामा देखिनेछिन्। साथै विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतका कलाकारको पनि अभिनय रहेको छ।

हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता रहेको चलचित्रले प्रेमकथामार्फत पारिवारिक र सामाजिक सम्बन्धका विविध पक्षलाई प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ। ध्रुव लम्सालको पटकथा रहेको चलचित्रमा सुदीप बरालको छायांकन, प्रशान्त सिवाकोटीको संगीत तथा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशकका रूपमा रहेका छन्।

चलचित्रलाई देशभर रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।


शनिबार, २७ असार २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go