logo

२०८३ साउन ५ मंगलबार

‘आशा’ को छायांकन औपचारिक रूपमा सुरु

‘आशा’ को छायांकन औपचारिक रूपमा सुरु

143
SHARES
‘आशा’ को छायांकन औपचारिक रूपमा सुरु

नेपाली चलचित्र ‘आशा’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ। उडान स्टुडियोको प्रस्तुतीमा निर्माण भइरहेको यस फिल्मले एक महिनाको छायांकन तालिका तय गर्दै पहिलो दिन काठमाडौँ उपत्यकामा क्यामेरा चलाएको हो।



निर्मात्री शर्मिला थापाका अनुसार प्रारम्भिक केही दिन राजधानीमा छायांकन गरिनेछ भने त्यसपछि नमोबुद्ध र धुलिखेल आसपासका रमणीय स्थानमा बाँकी दृश्यहरू खिचिनेछन्। उनले निर्धारित कार्यतालिका अनुसार साउन महिनाभित्र सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य रहेको बताइन्। नेपाली परिवेश र मौलिक कथालाई आधुनिक प्राविधिक पक्षसँग जोडेर दर्शकमाझ प्रस्तुत गर्ने तयारी रहेको उनको भनाइ छ।

पहिलो दिनको छायांकनमा अभिनेता शुशांक मैनालीसँगै बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारी क्यामेराअघि उभिएका थिए। फिल्ममा शुशांकसँगै महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह र कविता रेग्मीको पनि प्रमुख अभिनय रहनेछ।

फिल्मको निर्देशन राजिव गुरुङले गरिरहेका छन्। कथा पनि स्वयं गुरुङकै रहेको फिल्मले मनोरञ्जनसँगै सकारात्मक सन्देश दिने विश्वास उनले व्यक्त गरेका छन्। दर्शकको मन छुने कथा र गुणस्तरीय प्रस्तुति दिन निर्माण टिमले विशेष मेहनत गरिरहेको निर्देशकको भनाइ छ।

प्राविधिक टिममा सह-लेखक रामकुमार श्रेष्ठ, स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक सुदाम सिके, छायांकन निर्देशक नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य तथा मेकअप एण्ड हेयर आर्टिस्ट सोनाली शिल्पकार आबद्ध रहेका छन्।


बिहिबार, ३२ असार २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go