logo

२०८३ भाद्र २८ आइतबार

‘नेपहपको श्रीपेच’ को उत्कृष्ट १० प्रतिस्पर्धीको सूची सार्वजनिक

‘नेपहपको श्रीपेच’ को उत्कृष्ट १० प्रतिस्पर्धीको सूची सार्वजनिक

507
SHARES
‘नेपहपको श्रीपेच’ को उत्कृष्ट १० प्रतिस्पर्धीको सूची सार्वजनिक

हिपहप रियालिटी शो ‘नेपहपको श्रीपेच’ को तेस्रो सिजनले उत्कृष्ट १० प्रतिस्पर्धीको सूची सार्वजनिक गरेको छ। फिजिकल अडिसनको अन्तिम चरण पार गर्दै कालु म्यान, योङ्ग लायन, शब्दकार, के एक्स, हप्पु, सीपी किङ, विट्टी, इतिश, गुडबोई र ज्याज्जी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका हुन्।

पोखरा, बुटवल, इटहरी, काठमाडौं तथा भारतको सिलिगुडीमा सम्पन्न प्रारम्भिक अडिसनबाट छानिएका प्रतिभाले त्यसपछि भएको फिजिकल अडिसनमा आफ्नो क्षमता प्रमाणित गरेका थिए। उनीहरूको मौलिक रचना, आकर्षक फ्लो, फरक प्रस्तुति र स्टेजमा देखाएको आत्मविश्वासले निर्णायक र दर्शकको ध्यान खिचेको बताइएको छ।

अब आगामी एपिसोडहरूमा यी १० र्‍यापरबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। हरेक चरणसँगै प्रतिस्पर्धा थप चुनौतीपूर्ण र रोमाञ्चक बन्ने निर्माण टिमको विश्वास छ।

रेड बुलको प्रस्तुतिमा दामी मिडियाले निर्माण गरिरहेको यो शोले नेपाली हिपहप क्षेत्रमा नयाँ प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य बोकेको छ। कार्यक्रम हरेक मङ्गलबार र बुधबार एपीवान टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रसारण भइरहेको छ।

यस सिजनका विजेताले १० लाख रुपैयाँ नगद, विश्व भ्रमणको अवसर र ब्रान्ड इन्डोर्समेन्ट प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ नगदसँगै विदेशमा प्रस्तुति दिने अवसर पाउनेछन्। शोमा भ्योमा, मानस घले, यू एन्ड बी र योद्धाले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन्।


शुक्रबार, १ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go