logo

२०८३ भाद्र २८ आइतबार

‘लज्जावती’ ले पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक

‘लज्जावती’ ले पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक

390
SHARES
‘लज्जावती’ ले पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक

२९ साउनबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लज्जावती’ ले आफ्नो पहिलो डान्सिङ गीत ‘दिलको मोटर’ सार्वजनिक गरेको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनका बीच युट्युबमार्फत गीत सार्वजनिक गरिएको हो।

गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने स्वरमा सहिमा श्रेष्ठ र रवि ओडको सहकार्य सुन्न सकिन्छ। सार्वजनिक गीतलाई आकर्षक नृत्य र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

कोरियोग्राफर कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजालले अभिनय गरेका छन्। कलाकारहरूको ऊर्जाशील प्रस्तुति गीतको मुख्य आकर्षण बनेको छ।

आहा फिल्म्सको ब्यानरमा क्यानी मल्टिभिजन आईएनसीसँगको सहकार्यमा निर्माण भएको चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्। चलचित्रका प्रस्तुतकर्ता सौरभ ओली हुन् भने कमलप्रसाद शर्मा र सन्दीप रोका निर्माताको भूमिकामा छन्। दिनेशराज बुढाथोकी कार्यकारी निर्माताका रूपमा आबद्ध छन्।


शुक्रबार, १ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go