logo

२०८३ भाद्र २३ मंगलबार

‘मास्टर्नी’ प्रदर्शनअघि नै विवादमा

‘मास्टर्नी’ प्रदर्शनअघि नै विवादमा

767
SHARES
‘मास्टर्नी’ प्रदर्शनअघि नै विवादमा

अभिनेत्री प्रियंका कार्कीको निर्माणमा बनेको फिल्म ‘मास्टर्नी’ प्रदर्शनअघि नै विवादमा परेको छ। फिल्मको प्रचारका लागि सार्वजनिक गरिएको गीत ‘म्याथ सिक्ने भए…’ मा प्रयोग भएका शब्द र प्रस्तुतीलाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।

गायक दुर्गेश थापाले तयार पारेको उक्त गीतमा द्विअर्थी अभिव्यक्ति प्रयोग गरिएको भन्दै धेरैले आपत्ति जनाएका छन्। आलोचकहरूले गीतले शिक्षक तथा विशेषगरी महिला शिक्षकको सम्मानमा आँच पुर्‍याएको र शिक्षणजस्तो गरिमामय पेशालाई हल्का ढंगले प्रस्तुत गरेको टिप्पणी गरेका छन्।

विवाद चुलिँदै जाँदा नेपाल शिक्षक महासंघले पनि औपचारिक रूपमा आफ्नो असन्तुष्टि जनाएको छ। शुक्रबार जारी विज्ञप्तिमार्फत महासंघले गीतमा महिला शिक्षकप्रति अमर्यादित शब्द र भाव समेटिएको उल्लेख गर्दै त्यसलाई तत्काल प्रसारणबाट हटाउन तथा फिल्ममा प्रयोग नगर्न सम्बन्धित पक्षसँग माग गरेको छ।

महासंघले विज्ञप्तिमा महिला शिक्षकलाई लक्षित गरिएको प्रस्तुतीले समग्र शिक्षक समुदायको प्रतिष्ठामाथि गम्भीर असर पारेको उल्लेख गरेको छ। साथै, गीत यथावत् राखिए त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवारी निर्माण पक्षले नै वहन गर्नुपर्ने चेतावनी पनि दिएको छ।

यस घटनापछि ‘मास्टर्नी’को उक्त गीतलाई लिएर बहस अझ तीव्र बनेको छ भने निर्माण पक्षले यस विषयमा के धारणा सार्वजनिक गर्छ भन्ने प्रतीक्षा भइरहेको छ।


शुक्रबार, १ साउन २०८३
सम्बन्धित समाचार
Go